कार्ल्सवर्ग र लिभर पूल एफसीले साझेदारीलाई ३१ औं सिजनमा विस्तार

जेठ १०, २०७६

काठमाडौं – कार्ल्सवर्ग र लिभर पूल फुटबल क्लबले आफ्नो ऐतिहासिक साझेदारीलाई ५ वर्षको लागि विस्तारित गर्दै कार्ल्सवर्गले २०२३/२४ को अन्त्यसम्मको सिजनको लागि आफ्नो आधिकारिक बियरको भूमिका सुरक्षित गरेको छ ।

नयाँ डिल प्रिमियर लिगको इतिहासमै सबैभन्दा लामो साझेदारी हो, यसको शुरूवात सन् १९९२ मा भएको थियो र कार्ल्सवर्गले त्यतिबेलादेखि नै टीमलाई प्रायोजन गर्दै आएको छ ।


ADVERTISEMENT

लिभर पूलको विश्वव्यापी साझेदार भएको नाताले कार्ल्सवर्गले विश्वभरका प्रशंसकको साथ विश्वव्यापी र स्थानीय एक्टीभेसन र इभेन्टको माध्यमबाट साझेदारीको सम्बन्धलाई निरन्तर जीवन्तता दिँदै आइरहेको जनाइएको छ ।

कार्ल्सवर्गको चिफ कमर्सियल अफिसर जेसिका स्पेन्सले भने, ‘कार्ल्सवर्ग र लिभरपूलबीचको नाता ज्यादै प्रतिष्ठित छ र २७ वर्ष लामो समयसम्म यस विशाल परिवारको भाग हुन पाएकोमा हामी ज्यादै गौरवान्वित छौं । यस क्लबको भविष्यप्रति हामी ज्यादै उत्साहित छौं र यस साझेदारीद्वारा विश्वभरिका प्रशंसकहरूलाई उत्साहजनक अनुभूति प्रदान गर्न हामी तत्पर छौं ।’

‘कार्ल्सवर्गसँगको हाम्रो बलियो साझेदारीलाई रेकर्ड बे्रकिङ ३१ वर्षको लागि विस्तारित गर्न पाउँदा ज्यादै गौरवान्वित छौं,’ विस्तारित साझेदारीबारे टिप्पणी गर्दै बिलिहोगन लिभरपूल फुटबल क्लबका प्रबन्ध निर्देशक र चिफ कमर्सियल अफिसरले भने, ‘सन् १९९२ देखि नै हामी कार्ल्सवर्गसँगको लामो र इमान्दार साझेदारीको आनन्द लिइरहेका छौं र यो विस्तारित साझेदारी क्लब र प्रतिष्ठित ब्राण्ड बीचको दृढ र ऐतिहासिक सम्बन्धको असली प्रमाण हो । कार्ल्सवर्गलाई लिभरपूल फुटबल क्लबको सदस्यको रुपमा स्थापित भएकोमा हामी ज्यादै खुशी छौं र हामी हाम्रो सम्बन्धलाई निरन्तररुपमा दृढ बनाउँदै लग्नेछौं ।’

लिभर पूलका प्रसिद्ध प्रबन्धक बिल स्यांक्लीको सबै जना रातो किटमा खेल्ने निर्णयलाई समर्थन गर्दै लिभर पूलका प्रशंसकहरूका लागि कार्ल्सवर्गले रातो बोतल, रातो लेबलको साथ विशेष बियर उत्पादन गरी लिमिटेड–एडिसन ल्याइएको छ । 

कार्ल्सवर्ग र लिभर पूलको साझेदारी शुरू भएदेखि :-

– लिभर पूल एफसीले युरोपियनकप (२००५), एफएकप (२००१, २००६), ४ वटा लिगकप (१९९५, २००१, २००३, २०१२) र एउटा युइएफएकप (२००१) जितिसकेको छ ।

– इयान रस अहिलेसम्मकै क्लबकै टप स्कोरर् (म्यान्चेस्टर युनाइटेड विरुद्ध सन् १९९२ अक्टोबर १८) भए ।

– रोबीफौलर र स्टीभन गेर्रार्ड जस्तै हस्तीहरूले क्लबमा आफ्नो सुरुवात गरे र सन्यास लिए ।

सन् १८४७ मा जीसी ज्याकोब्सेनले कोपनहेगनमा स्थापना गरेदेखि नै कार्ल्सवर्गले राम्रो बियर बन्ने लक्ष्य लिएको थियो । आज विश्वभर लाखौंले यसको मजा लिने गरेका छन् ।

जेठ १०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार