×

NMB BANK
NIC ASIA

मादलमा भविष्य खोज्दै स्याङ्जाकी यी युवती

जेठ १०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ - रोजगारी नपाएर दिनहूँ हजारौँ युवा रोजगारीको खोजीमा भौँतारिरहेका बेलामा स्याङ्जाकी अनिता गन्धर्व भने मादलमा आफ्नो भविष्य खोज्दै छिन् ।

Muktinath Bank

पुतलीबजार नगरपालिका–१ स्थित जिल्ला सदरमुकामको नजिकै रहेको घरमा २१ वर्षीया अनिता मादल बनाएर राम्रो आम्दानी गर्न सफल भएकी छिन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अनिताको दैनिकी बिहानदेखि साँझसम्म मादल बनाउने र खरी लगाउँदैमा बित्ने गर्छ । मादलमा खरी लगाउँदै गर्दाको अवस्थामा भेटिनुभएकी अनिताले पहिला लजाउँदै कुरा गर्न अलि अप्ठेरो मानिन् । केही बेरको कुराकानीपछि खुलेरै आफ्नो व्यवसायका बारेमा बताइन् ।


Advertisment
Nabil box
Kumari

घरमा यत्तिकै बस्नुभन्दा काम गर्दा समय कटाउन सजिलो हुने उनले सुनाइन् ।

Vianet communication
Laxmi Bank

शुरूमा अप्ठ्यारो जस्तो भए पनि काम गर्दै जाँदा अहिले आएर कमाइको राम्रो माध्यम हुनेरहेछ भन्ने बुझेपछि यसैमा अभ्यस्त हुन थालेको अनिताले अनुभव सुनाइन् । दुई वर्षदेखि मादल बनाउँदै आएकी अनिताले मासिक रु २५ देखि रु ३० हजारसम्म कमाइ हुने बताउँछिन् ।

'काम भन्ने कुरा सानो ठूलो हुँदैन यतिकै बसेर अरूको कमाइको आश गर्नुभन्दा आफूले सकेअनुसारको काम गर्दा आवश्यक खर्च जुटाउन सकिन्छ', उनले भनिन् । परिवारको आश गर्न नपर्ने र घरपरिवार चलाउन सजिलो हुने भएकाले सीपअनुसारको काम गर्दा राम्रो हुने उनको सुझाव थियो ।

अनिताले यो पेशाबाट आफू सन्तुष्ट रहेको बताइन् । कमाउनकै लागि विदेश जानुभन्दा आफ्नै देशमा घर परिवार सँगसँगै बसेर सानोठूलो आफ्नो क्षमतानुसारको काम गर्न अनिताले आग्रह गरिन् । एउटा मादल ३ हजारदेखि ५ हजारसम्ममा बिक्री हुन्छ ।

मादल बनाउन आवश्यक पर्ने सामग्रीको व्यवस्था घरपरिवारले जुटाइदिने गरेका छन् । उत्तिस, गोएलो, सिरिसलगायतको काठ र छालाको प्रयोग गरेर मादल बनाइने अनिताले बताइन् । उनको श्रीमानले  ठेक्कापट्टाको काम गर्छन् । अनिताको काममा घर परिवारका सबैको सहयोग रहेको छ ।

एउटा मादल बनाउन चारदेखि पाँच दिनसम्म लाग्छ । सीप र जाँगर भए परिवार पाल्नकै लागि विदेशिनु पर्दैन भन्दै उनले आफ्नै देशमा इलम गरेर घरपरिवारको खर्च चलाउन सकिन्छ भन्ने उदाहरण देखाएकी छिन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x