अग्नि ग्रुपको ब्राण्ड एम्बेसडरमा श्रृंखला खतिवडा

जेठ ११, २०७६

काठमाडौं- महिन्द्रा एण्ड महिन्द्राको प्रमुख आधिकारिक बिक्रेता अग्नि ग्रुपको ब्राण्ड एम्बेसडरमा पूर्व मिस नेपाल श्रृंखला खतिवडा नियुक्त भएकी छन् । 

काठमाडौंमा शुक्रवार आयोजित एक कार्यक्रममा अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन शर्माले उक्त घोषणा गर्दै खतिवडालाई  उदय गाडीको साँचो हस्तान्तरण गरे । उदय गाडी वातावरण मैत्री विद्युतीय गाडी हो । 


ADVERTISEMENT

अग्नि इन्कर्पोरेटेडको ब्राण्ड एम्बेसडरमा आबद्ध हुन पाएकोमा पूर्व मिस नेपाल श्रृंखला खतिवडाले खुशी व्यक्त गरिन् । उनले आफूलाई विद्युतीय गाडी धेरै वर्ष अघिदेखि मन परेको बताइन् । 

अग्नि इन्कर्पोरेटेडले विगत तिन वर्षदेखि महिन्द्रा बोलेरो पिक-अप खरीद गरी उद्यम सञ्चालन गर्दै आएका २५ जना बोलेरो पिक-अप ग्राहकहरूका एसईई दिएर बसेका उत्कृष्ट २५ छोराछोरीहरूलाई जनही २५ हजार रुपैयाँका दरले पुरस्कार रकम तथा प्रशंसा पत्र कार्यकारी निर्देशक शर्मा र खतिवडाले संयुक्त रूपमा प्रदान गरे । 

उक्त कार्यक्रममा विभिन्न सञ्चार संस्थामा आबद्ध पत्रकारहरू, अग्नि ग्रुपका वरिष्ठ निर्देशक तथा कम्पनी सचिव दुर्गा प्रसाद आचार्य, सहायक निर्देशक वरदान बस्नेतलगायतको उपस्थिति रहेको थियो ।

जेठ ११, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस