×

NMB BANK
NIC ASIA

‘लोकतान्त्रिक’ आन्दोलनमा मोदीको समर्थन रहने राजपाको आश, ओलीको राष्ट्रवाद ‘नक्कली’

जेठ ११, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम – नयाँदिल्लीस्थित भारतको राज्यसत्तामा नरेन्द्र दामोदर दास मोदीको पुनरावृत्तिले नेपाली राजनीतिमा कस्तो असर गर्ला भनेर चर्चा र बहस भइरहेको छ । विगतमा संविधान घोषणा हुँदा भारतको हस्तक्षेपकारी भूमिका निर्वाह गरेको आरोप लागेको थियो ।

Sagarmatha Cement
Muktinath Bank

भारतले सुरक्षा लगायतका विषयका कारण दक्षिणी सीमवर्ती क्षेत्र र त्यहाँको राजीनामा बढी चासो राख्ने गरेको छ । जसलाई त्यहाँ क्रियाशील राजनीतिक दलले समेत पुष्टि गर्ने गरेका छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पछिल्लो पटक प्रधानमन्त्री भएको बेला मोदीले आफ्नो कार्यकालमा ४ पटक नेपाल भ्रमण गरे । पहिलो पटक नेपाल भ्रमणमा आएको बेला मोदीले नेपालको संविधान सभामा गएर सम्बोधन गर्दा तत्कालीन सबै राजनीतिक दलका शीर्ष नेता र सांसदले पटक–पटक ताली बजाएर मोदीको मन्तव्यमा समर्थन जनाएका थिए । संसदमा सम्बोधन गर्दै मोदीले निर्माणाधीन संविधानमा मधेशी, आदिवासी जनजाति लगायतका समुदायको हकअधिकार र असन्तुष्टितर्फ इङ्गित गर्दै सबैको अधिकारलाई समावेश गर्न सुझाव दिएका थिए ।


Advertisment
Nabil box
Kumari

मोदीले पशुपतिनाथमा पूजा गर्दा काठमाडौंका नागरिकले समेत मोदीको प्रशंसा गरेका थिए । त्यतिबेला मोदीले काठमाडौंको मन जितेका थिए । मोदीअघि १० वर्षसम्म प्रधानमन्त्री रहेका मनमोहन सिंह कहिल्यै काठमाडौं आएका थिएनन् । मोदी शक्तिशाली हुँदाहुँदै पनि पटक–पटक नेपाल आए र उनी भारतीय राजनीतिमा फेरि झन् शक्तिशाली बनेका छन् ।

Vianet communication
Laxmi Bank

नेपालको संविधान घोषणा हुँदा तराई–मधेशमा देखिएको सन्तुष्टि र भारतीय नाकाबन्दीले सम्बन्धमा केही टकराव उत्पन्न भयो । अघोषित नाकाबन्दीले नेपाली जनताले दुःख पाए र भारतप्रति नकारात्मक धारणा बन्यो । त्यसपछि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन भयो र नाकाबन्दीको खुलेर विरोध गर्दै राष्ट्रवादी छवि बनाएका केपी शर्मा ओली प्रधानमन्त्री निर्वाचित भए ।

प्रधानमन्त्री मोदी गत वर्ष वैशाख २१ गते जनकपुरधाम आउँदा प्रधानमन्त्री ओली पनि सँगै थिए । दुवै प्रधानमन्त्रीको पोशाक मिल्दो जुल्दो थियो । ओलीले मोदीलाई जानकी मन्दिरमा भव्य स्वागत गरेका थिए भने मोदीले पनि नागरिक अभिनन्दनको क्रममा ओलीको प्रशंसा मात्र गरेका थिएनन्, धेरै राम्रो मित्र रहेको समेत खुलासा गरेका थिए । ओलीको नारा ‘समृद्ध नेपाल, सुखी नेपाली’को समेत मोदीले प्रशंसा गरे । अघोषित नाकाबन्दीताका बिग्रिएको सम्बन्ध मोदीको नेपाल भ्रमणपछि सुधार हुँदै गएको देखिएको छ ।

आन्दोलनप्रति ‘भारतको समर्थन’ रहने आश

राजपा नेपालको अध्यक्ष मण्डलका सदस्य तथा जनकपुरबाट प्रतिनिधिसभा सांसद राजेन्द्र महतोले नेपालमा हुने लोकतान्त्रिक आन्दोलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको समर्थन रहनेमा विश्वस्त छन् । ‘भारत ठूलो लोकतान्त्रिक देश हो र नेपाल पनि लोकतान्त्रिक देश भएकाले भारत सधैं नेपालमा लोकतन्त्रको लागि भएको आन्दोलनमा लोकतन्त्रको पक्षमा उभिँदै आएको छ,’ महतोले भने, ‘नेपालको तराई, हिमाल, पहाड जुनसुकै ठाउँमा पनि सामाजिक न्यायसँग सम्बन्धित आन्दोलनमा भारत मात्र होइन, विश्वका प्रायःजसो लोकतान्त्रिक देशको ऐक्यवद्धता हुनु स्वाभाविक हो ।’

विगतमा पनि समानता, लोकतन्त्र, लोकतान्त्रिक मूल्य मान्यता, सामाजिक न्यायको पक्षमा रहेकाले मोदीको दोस्रो कार्यकालमा पनि नेपाल र भारत बीचको सम्बन्ध थप नयाँ उचाइमा पुग्ने उनले बताए । ‘नेपाल सरकारको सिंहदरबार र भारत सरकारको दिल्ली दरबारबीच भएको कुटनीतिक सम्बन्धकै कारण नेपालमा भइरहेको लोकतान्त्रिक आन्दोलनमा भारत सरकारको चासो हुने गरेको छ,’ उनले भने, ‘२०४६ सालको आन्दोलन होस् वा २०६२/०६३ सालको आन्दोलनमा भारत सरकारले नेपालको आन्दोलनमा समर्थन जनाएको छ ।’

आफूहरूले गरेको मधेश आन्दोलनका बेला भारतले नाकाबन्दी लगायो भन्ने आरोप गलत भएको महतोको दाबी छ । ‘मधेश आन्दोलनका दौरान काठमाडौंको सत्ताविरुद्ध तत्कालीन मधेशी मोर्चाले नाकामा गएर धर्ना दिएको थियो,’ उनले भने, ‘तर तत्कालीन सरकारले खोक्रो राष्ट्रवादको नाममा भारतमाथि आरोप लगायो, जसले गर्दा भारत र नेपालबीचको सम्बन्धमा केही तिक्तता आएको थियो ।’

‘सीमा नाकामा गएर आन्दोलन गरिँदा तत्कालीन ओली नेतृत्वको सरकारले सम्पूर्ण पहाडी जनताविरुद्धको आन्दोलन भनेर खोक्रो राष्ट्रवादको नारा दिएर मधेश आन्दोलनलाई दबाउन सफल भए,’ महतोले भने, ‘जसले गर्दा मधेश आन्दोलन र भारतलाई अत्यधिक नोक्सानी हुन गयो ।’ ओलीको राष्ट्रवाद नक्कली भएको भनेर अहिले जनताले बुझिसकेको उनले बताए ।

‘जबसम्म नेपालमा आन्तरिक समस्याको समाधान हुँदैन, असन्तुष्टिलाई सम्बोधन गरिँदैन तबसम्म भारतसहित विश्वका अन्य लोकतान्त्रिक देशहरूबाट नेपालमा लोकतन्त्र र सामाजिक न्यायको पक्षमा हुने आन्दोलनको समर्थनमा रहिरहन्छ,’ महतोले भने ।

सरकारले संविधानमा संशोधनको कुनै आवश्यकता नरहेको भन्दै नीति तथा कार्यक्रम समेत पारित गरिसकेको अवस्थामा राजपा नेपालले सदनमा हरेक दिन विरोध गर्दै आएको छ भने राजपा नेपालले फेरि पनि आन्दोलन गर्न सक्ने चेतावनी दिइरहेको छ । सरकारमा सहभागी समाजवादी पार्टी नेपालले पनि संविधानमा संशोधन नगरे सरकारबाट हटेर सडक आन्दोलनमा जान सक्ने अभिव्यक्ति दिँदै आएको छ । संविधान संशोधन नभए फेरि पनि मधेशमा कुनै बेला आन्दोलन उठ्न सक्ने राजपा र समाजवादीको रणनीति देखिएको छ । तराई–मधेशमा फेरि आन्दोलन भएमा भारतको भूमिका कस्तो रहन्छ भन्ने कुरा चासोको विषय बनेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x