यस्तो छ प्रकाश सपुतको 'गलबन्दी' [भिडियोसहित]

जेठ १२, २०७६

काठमाडौं- गायक प्रकाश सपुतले 'गलबन्दी' बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । 

उनले शनिवार राति आफ्नै युट्युब च्यानलमार्फत नयाँ गीत सार्वजनिक गरेका हुन् । 


ADVERTISEMENT

गीतलाई प्रकाश सपुत र शान्तिश्री परियारले गाएका छन् । लय तथा शब्द प्रकाश स्वयं कै रहेको छ । 

रत्यौली शैलीको गीतमा खर्क बुढा मगरले बजाएको मादलको मीठो धुन सुन्न सकिन्छ ।  

श्यामश्वेत रसाइलीको मिक्सिङ रहेको गीतमा प्रकाश सपुत र अञ्जली अधिकारीको फिचरिङ रहेको छ । 

गीतलाई प्रकाश स्वयंले निर्देशन गरेका हुन् भने सहनिर्देशन देवेन्द्र बब्लुको छ । 

भिडियोलाई करन चैसिरले खिचेका हुन् । 

भिडियो हेर्नुहोस् :

https://www.youtube.com/watch?v=QNInfBuBcOA&feature=youtu.be&fbclid=IwAR0k4tVEx0BycUycCBIbfC7x3yebQ5ASqpXzZmVXTaMT-iFylz7G8htmXEs

 

जेठ १२, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस