×

NMB BANK
NIC ASIA

मोदीले ध्वस्त पारे विपक्षीहरूको जातीय समीकरण, दलित र जनजाति सीटमा भाजपाको पकड

जेठ १२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – सन् २०१४ को चुनावको तुलनामा भाजपाले २१ सीट बढाएको छ । अघिल्लो चुनावमा २८२ सीट जितेको भाजपाले यसपालि ३०३ सीट हात पारेको छ । 

Sagarmatha Cement
Muktinath Bank

भाजपाले थपेको २१ सीटमध्ये आधी जति पिछडिएको जातिको सीट हो । अर्थात् भाजपाले दलित र आदिवासीहरूमाझ जनाधार बढाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भाजपाले दलित र आदिवासीहरूलाई आकर्षित गर्न नसक्ने धारणा बनाइँदै आएको थियो । तर उनीहरूको बाहुल्य भएका १३१ सीटमध्ये ७७ सीटमा भाजपाले जीत हासिल गरेको छ । ती सीटमा भाजपाका उम्मेदवारको संख्या बढेको छ भने कांग्रेसले ती क्षेत्रमा आफ्ना तीन सीट गुमाएको छ । 


Advertisment
Nabil box
Kumari

विगतको चुनावको तुलनामा कांग्रेसले अलिकति मात्र सुधारिएको प्रदर्शन गरेको छ । तर दलित र आदिवासी बाहुल्य नौ सीट मात्र उसले जित्न सफल भएको छ । अघिल्लो चुनावमा उसले १२ यस्ता सीटमा जीत हासिल गरेको थियो ।

Vianet communication
Laxmi Bank

सन् २०१४ को चुनावअघि उत्तर प्रदेशका १७ सीटमा मायावतीको बसपाको एकाधिकार जस्तै थियो । तर ती सीटमा बसपाले यसपालि जम्मा दुई सीट जितेको छ । दलित विचारधारामा आधारित बसपा अन्य प्रदेशका दलितबहुल सीटमा खाता खोल्न समेत असमर्थ भयो । 

भाजपाले अनुसूचित जनजाति वा एसटी सीटमा पनि सन् २०१४ को तुलनामा वृद्धि गरेको छ । यस वर्ष उसले त्यस्ता ३१ सीटमा जीत हासिल गरेको छ । 

केही राज्यहरूमा त भाजपाले एसटी सबै सीट जितेको छ । मध्य प्रदेश, कर्नाटक, राजस्थान र गुजरात ती राज्य हुन् । 

भारतका २७ राज्य र केन्द्रशासित प्रदेशहरूमा एससी (दलित) र एसटी (जनजाति) को जनसंख्याको आधारमा उनीहरूका लागि सीट सुरक्षित गरिएको हुन्छ । ती सीटमा आरक्षित वर्गका उम्मेदवारले मात्र चुनाव लड्न पाउँछन् तर भोट दिने अधिकार सबै वर्गका मतदातामा हुन्छ । तर दलित र जनजाति उम्मेदवारहरूले भने देशभरिका सबै सीटबाट चुनाव लड्न पाउँछन् । 

भारतमा ४१२ सीट सामान्य, ८४ एससी र ४७ एसटीका लागि आरक्षित छन् ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x