×

NMB BANK
NIC ASIA

काठमाडौं –नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पोलिटब्यूरो गठन प्रक्रिया विवादका श्रृंखलाहरूमा फसेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' दुवै व्यस्त हुनु प्रमुख कारण बताइए पनि समस्याको मुख्य जड भने पोलिटब्यूरोका आकांक्षीहरूको व्यवस्थापन नै हो । 

Muktinath Bank

केही दिनअघि स्थायी कमिटी सदस्य मणि थापाले लोकान्तरलाई केन्द्रीय सदस्यको कार्यविभाजन भएपछि मात्र पोलिटब्यूरो गठन हुने सम्भावना रहेको बताएका थिए । हालसम्म केन्द्रीय सदस्यहरूको कार्यविभाजन भएको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जनवर्गीय संगठनहरूको एकीकरणको घोषणासँगै बन्ने भनिएको पोलिटब्यूरो केन्द्रीय सदस्यको कार्यविभाजन र पोलिटब्यूरोका आकांक्षीहरूको व्यवस्थापन गर्न नसकेका कारण थप विवादित हुँदै आइरहेको देखिन्छ । 


Advertisment
Nabil box
Kumari

सरकार प्रमुख रहेका अध्यक्ष ओली बजेट निर्माणमा व्यस्त भएकाले कार्यविभाजन र पोलिटब्यूरो गठनका लागि समय दिन नसकेको स्थायी कमिटीका एक सदस्यले बताए । उनका अनुसार कार्यविभाजन र पोलिटब्यूरो गठनमा कुनै असहमति छैन, तर केही औपचारिक विषयमा छलफल बाँकी रहेकाले बजेट घोषणा लगत्तै छलफलमा जुटेर छिट्टै पोलिटब्यूरो घोषणा गर्ने तयारी छ । 

Vianet communication
Laxmi Bank

यसअघि सार्वजनिक भइसकेका नामको सूचीमा नारायण शर्मा पौडेल, तिलक परियार, टंक आङबुहाङ, गंगा कार्की, पुष्पविक्रम मल्ल, रामकुमार शर्मा, कुमार पौडेल, मुक्ति प्रधान, वामदेव क्षेत्री, कमल चौलागाई, लेखनाथ न्यौपाने, इन्द्र आङ्बो, लक्ष्मण पन्त नपरेपछि पूर्वमाओवादी खेमाका असन्तुष्टहरूले आफ्नो नाम नपरेको भन्दै पोलिटब्यूरो गठनमा अवरोध गरिरहेका छन् । 

पूर्व एमाले पक्षमा राजेन्द्र राई र ठाकुर गैरेले आफ्नो नाम नपरेकाले चित्त दुखाएका छन् । प्रधानमन्त्री ओली बजेटका लागि व्यस्त भनिएको भएपनि पोलिटब्यूरो गठनमा आकांक्षीहरूको व्यवस्थापन नै प्रमुख कारण देखिएको छ । 

१ सय ४७ सदस्यीय पोलिटब्यूरोमा पूर्वमाओवादीबाट ६६ र पूर्वएमालेबाट ८१ जना रहने समझदारी बनिसकेको छ । गतसाताको आइतवार बस्ने भनिएको सचिवालय बैठक समाचार तयार पार्दासम्म बस्न सकेको छैन ।

आइतवार तयारी नपुगेको भन्दै दुईपटक सचिवालय बैठक स्थगित भएको थियो । पार्टीको आधिकारिक निर्णयविना नै पोलिटब्यूरो सदस्यहरूको नाम सार्वजनिक भएपछि अध्यक्ष प्रचण्डले यो अन्तिम नाम नभएको भन्दै आकांक्षीहरूलाई थामथुम पारिरहेका छन् । 

विभागको नेतृत्वमा पनि तनाव !

नेकपामा संगठन विभाग, अन्तर्राष्ट्रिय विभाग र स्कुलिङ विभाग महत्त्वपूर्ण र शक्तिशाली विभाग मानिन्छन् । यी तीनमध्ये पनि संगठन विभाग सबैभन्दा शक्तिशाली विभाग हो । कार्यविभाजन गर्दा यी विभागहरू सचिवालय सदस्यले पाउने लगभग पक्कापक्की छ । तर संगठनको नेतृत्व कसले लिने भन्नेमा कुरा बाझिएको स्रोतले बताएको छ । 

सञ्चारमाध्यमहरूमा प्रचण्डले वामदेव र ओलीले बादललाई अघि सारेको भन्दै समाचारहरू प्रकाशित भएपनि सचिवालयले त्यसको खण्डन गरेको छैन । उल्लेखित केही तर्कहरू ती समाचार पुष्टि गर्ने खालका भएपनि ठ्याक्कै त्यस्तो विवाद नभएको एक सचिवालय सदस्यले बताए । 'नेकपामा संगठन प्रमुखको जिम्मेवारी निर्वाह गर्न सक्ने नेताहरू धेरै छन्,' उनले लोकान्तरसँग भने, 'आधिकारिक कुरा बाहिर नआएको स्थितिमा नाम नै तोकेर बाहिर आएको छ, त्यो ठीक होइन । नेताहरूबीच सामान्य छलफल, मतविभाजन हुने कुरा नौलो हुँदै होइन ।'

पार्टी सचिवालयमा अध्यक्षद्वय बाहेकका सातै जना नेताहरूलाई महत्त्वपूर्ण विभाग बाँड्ने तयारी रहेको स्रोतले जनाएको छ, तर कसले कुन विभाग सम्हाल्ने भन्नेमा मतैक्यता रहेको छैन । वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पूर्वप्रधानमन्त्री समेत रहिसकेका हुन् भने नेता नेपाल त १३ वर्षभन्दा बढी तत्कालीन एमालेका महासचिव रहेका थिए । 

त्यसपछि वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा 'बादल' र विष्णु पौडेल छन् । यी नेताहरूलाई संगठन विभाग, स्कूलिङ विभाग, प्रादेशिक मामिला विभाग, विदेश विभाग, राजकीय मामिला तथा सुशासन विभाग बाँड्ने तयारी रहेको छ । अध्यक्षद्वय र महासचिव विष्णु पौडेलले केन्द्रीय सदस्यको कार्यविभाजनका लागि ४८ पृष्ठ लामो प्रतिवेदन तयार गरिसकेको स्रोत बताउँछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x