युट्युब ट्रेन्डिङ : एक नम्बरमा 'नेला टिकट,' शीर्ष ५ मा कुन-कुन अटाए ?

जेठ १२, २०७६

काठमाडौं- कुनै पनि भिडियो सामग्रीको स्तरीयता जाँच गर्ने माध्यम युट्युबको भ्युज नभएपनि यसले कुन कति चर्चामा छ भन्ने चाहिँ देखाउँछ । 

आइतवार युट्युब ट्रेन्डिङमा कुन-कुन भिडियो अटायो भन्नेबारे हामी चर्चा गर्दैछौं । 


ADVERTISEMENT

युट्युब ट्रेन्डिङको शीर्षस्थानमा दक्षिण भारतीय फिल्म 'नेला टिकट' रहन सफल भएको छ । फिल्ममा रवि तेजा र माल्भिका शर्माको मुख्य भूमिका रहेको छ । यो सामग्री तयार पार्दासम्म फिल्मलाई ४६ लाख भन्दा बढी पटक हेरिएको छ । त्यस्तै यस फिल्मलाई युट्युबमा ३ लाख ८२ हजारले मन पराउँदा ४२ हजारले मन नपराएको संकेत गरे । 

युट्युबको नेपाल ट्रेन्डिङको दोस्रो नम्बरमा फिल्म 'दुई रुपैयाँ' छ । फिल्मलाई हालसम्म १८ लाखभन्दा बढी पटक हेरिएको छ । युट्युबमा फिल्मलाई २७ हजारले मन पराएका छन् भने २ हजारले मन नपराएको संकेत गरेका छन् ।  

युट्युब ट्रेन्डिङको तेस्रो नम्बरमा माइक्रो लिंक मिडिया नामक च्यानलबाट पोस्ट भएको पाँचथर हत्या काण्डसँग सम्बन्धित सामग्री छ । यसलाई पाँच लाखभन्दा बढी पटक हेरिएको छ । भिडियोलाई ५ हजारले मन पराउँदा ६ सयभन्दा बढीले मन नपराएको संकेत दिएका छन् ।  

त्यस्तै चौथो नम्बरमा चिराग खड्काको समाधि भन्ने गीत रहेको छ । हालसम्म यसले साढे पाँच लाखभन्दा बढी भ्युज पाएको छ । भिडियोलाई ४५ हजारले मन पराउँदा ५ सयभन्दा बढीले मन पराएका छैनन् । 

पाँचौ नम्बरमा पनि पाँचथर घटनासँग सम्बन्धित भिडियो सामग्री रहेको छ । 'वास्तविक दोषीको योजना ...' नामको भिडियो लाइट टीभी च्यानलबाट पोस्ट भएको छ । 

भिडियोलाई हालसम्म ३ लाख ८० हजारभन्दा बढी भ्युज पाएको छ । 

जेठ १२, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस