×

NMB BANK
NIC ASIA

सुकुम्बासीलाई जग्गाधनी बनाउने अभियान, महासचिव पौडेलले गरे लालपूर्जा वितरण

जेठ १२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल- सैनामैना नगरपालिका वडा नं. २ की भागिरथी गैरेलाई आइतबार विशेष खुशीको दिन रह्यो । वर्षौंदेखि स्वामित्व पाउन नसकेको जग्गाको पूर्जा प्राप्त गर्दा उनमा खुशीयाली छायो । छोरा यमलालसँगै पूर्जा लिन सैनामैना नगरपालिकामा आएकी ६७ वर्षीया गैरेले बल्ल आफूहरूको खुशीको दिन आएको बताइन् ।

Sagarmatha Cement
Muktinath Bank

सैनामैना नगरपालिकाले आइतवारदेखि गाउँब्लकमा रहेका जग्गाको लालपूर्जा वितरण शुरू गरेको छ । यसरी लालपूर्जा पाएपछि  गैरे, सैनामैना–१ का दुलबहादुर थारू, वडा नं. ७ का दासु थारू, वडा नं. ५ की प्रेमकुमारी घिमिरे शर्मा जस्ता सयौंको मुहार खुशीले गद्गद् भएको छ । उनले भनिन्, ‘बल्ल स्वामित्व प्राप्त भयो, अब यसैका आधारमा बहुउपयोगका काम गर्न सकिने भयो ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पूर्जा पाएपछि प्रतिक्रिया


Advertisment
Nabil box
Kumari

सैनामैना नगरपालिकाले नापी विभाग रुपन्देहीको सहकार्यमा लालपूर्जा वितरण शुरू गरेको हो । एक समारोहकाबीच भूमि व्यवस्था, सहकारी गरिबी निवारणमन्त्री पद्मा अर्याल, नेकपाका महासचिव तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नगर प्रमुख चित्रबहादुर कार्की, नापी विभागका महानिर्देशक प्रकाश जोशीले संयुक्त रुपमा लालपूर्जा वितरण गरेका थिए ।

Vianet communication
Laxmi Bank

आइतवार मात्रै करीब ४ सय ६५ लालपूर्जा वितरण गरिएको नगर प्रमुख चित्रबहादुर कार्कीले जानकारी दिए । गाउँ ब्लकमा रहेका विभिन्न वडाका १७ वटा ब्लकमा आइतवारदेखि शुरू भएको लालपूर्जा वितरणको कामलाई निरन्तरता दिइने र आगामी दिनमा पनि जारी रहने उनको भनाइ छ ।

सुकुम्वासी समस्याको दीर्घकालिन समाधान शुरू

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री अर्यालले आगामी चार वर्षभित्रमा सबै सुकुम्बासीहरूलाई जग्गाको मालिक बनाउने बताउँदै समस्याको दीर्घकालीन समाधान शुरू गरिएको बताइन् । जग्गा भएर पनि स्वामित्व ग्रहण गर्न नपाएका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई सरकारले प्राथमिकताका साथ जग्गाको मालिक बनाउने उनको प्रतिबद्धता थियो ।

जग्गा नै नभएका सुकुम्बासीहरूलाई पनि सरकारले जग्गा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै वर्तमान सरकारले आफ्नो कार्यकालभित्र यो समस्या समाधान गरेरै छाड्ने बताइन् । जनताको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको भन्दै उनले जनताको जीवन बदल्ने खालको कार्यक्रम ल्याउने उद्घोष गर्दै आगामी ४ वर्षभित्रमा देशमै विकासको क्षेत्रमा कायापलट गर्ने मन्त्री अर्यालको दाबी थियो ।

नेकपाका महासचिव तथा रुपन्देही क्षेत्र नं. २ का प्रतिनिधि सभाका सदस्य तथा पूर्व अर्थमन्त्री पौडेलले सरकारले जनताका चाहना अनुसारको विकासका कामलाई तीव्रता दिइरहेको भन्दै अब सुकुम्बासी समस्याको दीर्घकालीन समाधानका काम शुरू भएको बताए । सरकारले सुकुम्बासी समस्या समाधान गर्ने अठोट गरिसकेको र त्यसको पहिलो अभ्यास स्वरूप रुपन्देहीको सैनामैनाबाट जनतालाई जग्गाको मालिक बनाउने प्रक्रिया शुरू भएको उनको भनाइ थियो ।

प्रदेश ५ सरकारका कृषि तथा सहकारी मन्त्री आरती पौडेलले प्रदेश सरकारले जनताले अनुभूत गर्ने गरी कृषि क्षेत्रको विकास गरी कृषकहरूको आयआर्जनमा टेवा पुर्‍याउने कार्यक्रम लागू गरेको बताइन् ।

राष्ट्रिय सभामा सत्तापक्षका प्रमुख सचेतक खिमलाल भट्टराईले सरकारले जनताले महसुस गर्ने गरी जनताको काम गरिरहेको बताउँदै सुकुम्बासीलाई जग्गाको मालिक बनाउने अभियान वर्तमान सरकारले शुरू गरेको बताए । नापी विभागका महानिर्देशक प्रकाश जोशीले विभागले देशभर नापीको कामलाई डिजिटलाईज गर्ने काम भइहेको बताउँदै अब फित्ता लिएर नापी गर्ने कामको अन्त्य गर्ने बताए ।

४ सय ६४ जनालाई लालपूर्जा वितरण

सैनामैना नगरपालिकाले एकैदिन ४ सय ६४ जनालाई लालपूर्जा वितरण गरेको छ । यहाँका साविकका पर्रोहा र सालझण्डी गाविसअन्तर्गत रहेका विभिन्न १७ वटा ब्लकका गाउँब्लकको समस्यामा रहेका समुदायलाई आइतवार एकैसाथ लालपूर्जा वितरण गरिएको नगर प्रमुख चित्रबहादुर कार्कीले बताए ।

२०२३ सालमा तत्कालिन सरकारले एकसरो नापी गर्ने क्रममा छुटेका यहाँका गाउँब्लकका सयौं कित्ताहरूको लालपूर्जा छैन । सोही ब्लकका लागि सैनामैनाले लालपूर्जा वितरण गरेको हो । यहाँका सोरौली, पर्रोहा, चेथरी, सेरुवा, बक्सड, सदवोरा, कुस्मा, खलनपारा, बनकटवा, उत्तर दोगहरा, खखनपुर, रन्यौरा, विचौवापुर, उत्तर बरौली थता फच्कापुर र भच्कैया गाउँका चार सय ६४ लालपूर्जा वितरण गरिएको हो ।

पहिले नापी गर्दा गाउँ वस्तीको घर जग्गा नापी गर्न छुट भएको जग्गालाई गाउँब्लक जग्गा भन्ने गरिएको छ । घर वनाएर बसेका तर नापी भएरपनि पूर्जा नपाएकाहरूलाई सरकारले आईतवारदेखि पूर्जा वितरण गर्न शुरू गरेको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भण्डारीले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x