×

NMB BANK
NIC ASIA

काठमाडौँ -राजधानीको सुकेधारा र घट्टेकुलोमा भएका दुई छुट्टाछुट्टै बम विष्फोटमा मृत्यु हुनेको संख्या ३ पुग्यो, घाइतेको संख्या ६ नाघेको छ । काठमाडौँ प्रहरी प्रमुख उत्तमराज सुवेदीले दुवै विष्फोटमा नेत्रविक्रम चन्द 'विप्लव' समूहको हात रहेको पुष्टि गरिसकेका छन् भने राजधानीको सुरक्षा व्यवस्था चुस्त र दुरुस्त बनाएको दाबी गरेका छन् । उनको दाबीलाई पत्याउने हो भने नेपाल प्रहरी र सरकार मातहतका खुफिया एजेन्सीमाथि धेरै प्रश्न उठ्न सक्छ ।

Sagarmatha Cement
Muktinath Bank

सुकेधारा र घट्टेकुलो दुवै स्थानमा एक-एक जनाको मृत्यु भएको थियो भने सुकेधारा विष्फोटमा घाइते भएका एकजनाको ओम अस्पतालमा मृत्यु भयो । प्रहरीले घटनास्थलबाट विप्लव समूहको पर्चा भेटेपछि प्रारम्भिक अनुसन्धान उतैतर्फ सोझ्यायो । घट्टेकुलोमा घाइते भएका रविन केसी विप्लव समूह निकट विद्यार्थी संगठनका नेता हुन् भने अर्का घाइते सुरेन्द्र महर्जन विप्लव समूह निकट नेवा मुक्ति मोर्चाका नेता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले फेला पारेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND
तर पछिल्लो समयमा सरकार र सुरक्षा निकायले विप्लव समूहलाई कम आँकेको जस्तो देखिएको छ ।

केही दिनअघि विप्लवले एक विज्ञप्ति जारी गर्दै आफ्ना युवा संगठनका कार्यकर्ता तीर्थराज घिमिरेको हत्याको बदला लिने आशय व्यक्त गरेका थिए । सोही विज्ञप्तिमा जेठ १३ गते नेपाल बन्दको पनि घोषणा गरिएको थियो । साङ्गठनिक कामको सिलसिलामा हिँडिरहेको बेला गिरफ्तार गरी भिडन्तको नाममा प्रहरीले आफ्नो कार्यकर्ताको हत्या गरेको उनले आरोप लगाएका थिए ।


Advertisment
Nabil box
Kumari

मन्त्रिपरिषदको निर्णयबाट नै विप्लव समूहलाई प्रतिबन्धको घोषणा गरेको सरकारले दर्जनौं नेताहरूलाई धरपकड गरेको थियो । केही स्थानमा गोलीप्रहारसम्मका घटना भएका थिए । तर पछिल्लो समयमा सरकार र सुरक्षा निकायले विप्लव समूहलाई कम आँकेको जस्तो देखिएको छ । यही परिस्थितिको फाइदा उठाएर विप्लव समूहले विष्फोटका घटना घटाएको हुन सक्ने सम्भावना देखिएको छ ।

Vianet communication
Laxmi Bank

१३ गते नेपाल बन्दको घोषणा गरेको विप्लव समूहले राजधानीकै दुई संवेदनशील स्थानमा अघिल्लो दिन बम विष्फोट गराउला या कुनै अन्य घटना गराउला भनेर सुरक्षा निकाय, राष्ट्रिय अनुसन्धान आयोग र अन्य खुफिया एजेन्सीहरूलाई कुनै संकेतसम्म प्राप्त नहुनु लज्जास्पद हो । यसअघि ललितपुरस्थित एनसेलको मुख्यालयमा बम विष्फोट गराएर एक जनाको ज्यान लिइसकेको इतिहास छ विप्लव समूहले ।

गत फागुन १० गते एनसेलको मुख्यालयमा भएको बम विष्फोटको जिम्मेवारी विप्लव समूहका एक नेता हेमन्तप्रकाश ओलीले लिएका थिए । अहिले उनी सोही आरोपमा पुर्पक्षका लागि थुनामा छन् । त्यसयता देशैभर सरकारले धरपकड गर्यो, दर्जनौंलाई समात्यो । उक्त समूहलाई प्रतिबन्ध लगायो तर आजको विष्फोटको घटनाले देशलाई झन् बढी आतंकित बनाएको छ ।

तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको पालामा तत्कालीन माओवादीले गरेको ६ दिने आमहड्तालका क्रममा काठमाडौँका विभिन्न स्थानहरूबाट लाठी बरामद गरेको थियो र त्यसलाई ठूलै प्रचार गरियो ।

राजधानीमै किन यसरी विष्फोट हुन्छ त ? के प्रहरीसँग घटना हुनुभन्दा अगाडि नै कुनै सुराख प्राप्त गर्ने संयन्त्र छैन ? यो विषयमा नेपाल प्रहरीका एक पूर्व डीआइजी भन्छन्, 'हाम्रो सुरक्षा संयन्त्र कमजोर भइरहेको प्रमाण हो यो । सरकारले प्रतिबन्ध गरेको समूहले बारम्बार हत्याको बदला लिने बताइरहेको र नेपाल बन्दको घोषणा गरिसकेको अवस्थामा पनि प्रहरीले सम्भावित घटनातर्फ ध्यान नदिनु दुर्भाग्य हो ।'

नेपाल प्रहरीले परिस्थितिको विश्लेषण गरेर सम्भावित घटना घट्न रोकेको त्यति धेरै उदाहरणहरू छैनन् । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको पालामा तत्कालीन माओवादीले गरेको ६ दिने आमहड्तालका क्रममा काठमाडौँका विभिन्न स्थानहरूबाट लाठी बरामद गरेको थियो र त्यसलाई ठूलै प्रचार गरियो । यद्यपि शान्तिप्रक्रियामा आइसकेको माओवादीले पुनः ज्यान जाने गरेर ठूलो घटना घटाउने सम्भावना थिएन ।

जानकारहरूले गत फागुनमा भएको एनसेलको मुख्यालयमा भएको विष्फोट पनि पहिल्यै रोक्न सकिने सम्भावना रहेको बताउँछन् । त्यसयता सरकार र विप्लव समूहका बीचमा धेरै लुकाछिपी भयो । कति ठाउँमा गोली प्रहार पनि भएको थियो भने पछिल्लो समयमा विप्लवका युवासंगठनका कार्यकर्ता घिमिरेको गोली प्रहारबाट मृत्यु भएपछि विप्लव समूह उत्तेजित भएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x