×

NMB BANK
NIC ASIA

मुख्य समाचार

टाइमर मिलाउन नजान्दा हिजै पड्कियो बम–४ को मृत्यु, विप्लवको बन्दले जनजीवन प्रभावित

जेठ १३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–काठमाडौँ आइतबार भएको बम विस्फोटमा ४ जनाले ज्यान गुमाएका छन् ।  सुकेधाराको विस्फोटमा तीन जना र घट्टेकुलेमा भएको १ जना गरी चार जनाको ज्यान गएको प्रहरीले जनाएको छ । 

Muktinath Bank

 दुवै स्थानमा भएको विस्फोटमा परी चार जनाले ज्यान गुमाएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता श्यामलाल ज्ञवालीले पुष्टि गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 घट्टेकुलोको सङ्गम गल्लीमा भएको विस्फोटमा एक जनाको मृत्यु भएको हो ।


Advertisment
Nabil box
Kumari

यस्तै  घाइते पाँचमध्ये चार जनाको परिचय खुलेको छ । घट्टेकुलोमा भएको विस्फोटमा परी रुकुम घर भई त्रिचन्द्र कलेज पढ्ने विप्लव समूहका विद्यार्थी नेता रविन केसी घाइते भएका छन् । उनको अहिले काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । 

Vianet communication
Laxmi Bank

यस्तै सुकेधाराको ढलाने पुल नजीक भएको विस्फोटमा परी काठमाडौँ कपनका हरि खड्का, बूढानीलकण्ठका सुरेन्द्र महर्जन, महोत्तरी घर भएका छोटु ठाकुर घाइते भएको प्रहरीले जनाएको छ । उनीहरूको ओम अस्पतालमा उपचार भइरहेको छ । एक जनाको परिचय खुलेको छैन । 

विस्फोटमा विप्लव समूहको संलग्नता
४ जनाको ज्यान जाने गरी आइतबार अपराह्न भएको विस्फोटमा विप्लव नेतृत्व समूहको संलग्नता रहेको प्रहरीले जनाएको छ ।
 महानगरीय प्रहरी कार्यालय काठमाडाँैका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले दुवै ठाउँमा विप्लव समूहले नै विस्फोट गराएको उल्लेख गरे । सो घटनामा ४को मृत्यु र ७ जना घाइते भएका छन् ।

नेपाली सेनाले पनि दुवै घटनामा सिलिण्डर पड्किएको नपाइएको बताएको छ । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले भने, “दुवै ठाउँमा ग्यास सिलिण्डर पड्किएको पाइएको छैन, घट्टेकुलोमा त पक्का भइसक्यो, यताको पनि अनुसन्धानमा टोली खटाएका छौँ, टोलीले अनुसन्धान गरिरहेको छ ।”

नागढुङ्गा र लगनखेलमा बम फेला

काठमाडौँको नागढुङ्गा र ललितपुरको लगनखेलमा पनि बम फेला परेको छ ।  नागढुङ्गाको इँटाभट्टा नजीकै भएको बम विस्फोटमा दुई जना घाइते भएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ । 

    त्यस्तै लगनखेलको बसपार्क भित्र पनि प्रेसर कुकर बम फेला गरेको छ । यस्तै ग्वार्खो, सानेपालगायतका स्थानमा पनि बम फेला परेको छ । 

यसरी पड्कियो बम
सोमबार बन्द सफल पार्न झिससिमेमै बिस्फोट गर्ने योजना बनाएको विप्लव समूहका कार्यकर्ताले टाइमर मिलाउन नजान्दा अघिल्लो बेलुकी नै विस्फोट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । 
सोमबार बिहान ४ः१५ मा विस्फोट गराउने गरी टाइम सेट गर्दा आइतबार अपरान्ह ४ः१५ मा विस्फोट भएको प्रहरीको भनाई छ । सुकेधारा र घट्टेकुलोमा एकैपटक विस्फोट भएको थियो । राजधानीका थप चार ठाउँमा बम भेटिएको थियो । दुवैतिर एकै समयमा आकस्मिक रुपमा बम विस्फोट हुनेको कारणबारे अनुसन्धान केन्द्रीत गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए । नयाँ पत्रिकाले यो खबर छापेको छ । 
विस्फोटका घटनाप्रति काङ्ग्रेसद्वारा दुःख व्यक्त 

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले काठमाडौँका विभिन्न स्थानमा भएको बम विस्फोट र त्यहाँबाट भएको मानव जीवनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । 

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गरी नेपाली जनताको लामो सङ्घर्षबाट प्राप्त आजका उपलब्धिको रक्षा र विकासमा सबै थरी शक्ति ऐक्यबद्ध ढङ्गले अघि बढ्नुपर्ने बेला यस्ता घटनाले आम जनतालाई त्रसित बनाएको बताए । 

“बम विस्फोटमा परेर जीवन गुमाउनेहरू विद्रोही पक्षका हुन् या विपक्षका तर अमूल्य जीवन गुमेको छ र शान्ति स्थापनापछिको नेपाली समाजलाई हार्दिक ढङ्गले अघि लिएर जाने आम नेपालीको चाहनालाई मर्माहत बनाएको छ”, विज्ञप्तिमा भनिएको छ । 

काङ्ग्रेसले लामो हिंसाबाट जर्जर भएर बल्ल शान्तिको सास फेरिरहेको नेपालमा पछिल्ला घटनाक्रमहरूबाट अन्तत कसैको विजय नहुने विषयप्रति गम्भीर बन्न राज्य र विद्रोही पक्ष दुवैलाई सचेत गराएको छ । हिंसाको राजनीति परित्याग गर्न विद्रोही नेकपालाई र निषेधको राजनीति परित्याग गरी समाधान खोज्न सत्तारूढ नेकपा र नेपाल सरकारलाई काङ्ग्रेसले आग्रहसमेत गरेको छ ।  

काङ्ग्रेसले घटनामा जीवन गुमाएका सबैको आत्माको चिरशान्ति कामना गर्दै सबै घाइतेहरूको सम्पूर्ण उपचार गर्न नेपाल सरकारसमक्ष आग्रह गरेको छ । 

विस्फोटक पदार्थसहित विप्लव समूहका सात जना पक्राउ

प्रहरीले कोटेश्वरको नरेफाँटबाट विस्फोटक पदार्थसहित विप्लव समूहका सात कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले गएराति गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको प्रहरी नायब निरीक्षक श्रीधर खड्काले जानकारी दिए । 

पक्राउ पर्नेमा तेजबहादुर मोक्तान, तेजराज काफ्ले, बुद्धिबहादुर सुनार, बुद्धिलाल पुन, डम्बरबहादुर तामाङ, चित्तकमल ओली र राकेश श्रेष्ठ रहेका छन् । उनीहरूका साथबाट प्रेसरकुकर चार थान, मोटरसाइकल एक थान, नौ थान मोबाइल र पर्चा बरामद गरेको प्रहरीले जनाएको छ । 

बन्दले जनजीवन प्रभावित

विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दका कारण जनजीवन प्रभावित बनेको छ । काठमाडौंमा साविकझैं गाडी चलेका छैनन् भने अघिकांश शैक्षिकसंस्था बन्द भएका छन् । यस्तै राजधानी बाहिरिने गाडी न्यून संख्यामा मात्रै चलेका छन् । 

प्रहरीले भोजपुरमा आफ्नो कार्यकर्ता तिर्थ घिमिरे ‘राजु’लाई गोली हानेर हत्या गरेको विरोधमा विप्लव समूहले बन्द आह्वान गरेको हो । 

नेकपाले जनघाती, राष्ट्रघाती, भ्रष्टचारी सरकारले चलाएको हत्या हिंसाका विरुद्ध पार्टीले प्रतिरोध गर्नुको विकल्प नरहेको भन्दै तत्कालका लागि संघर्षका कार्यक्रम घोषणा गरिएको जनाएको छ । 

सगरमाथा क्षेत्रको ढुङ्गा ल्याउँदा...

राष्ट्रिय निकुञ्जका कुनै पनि वस्तु बिनाअनुमति कसैले लैजान पाउँदैन । यस्तै संवेदनशील क्षेत्र सगरमाथा राष्ट्रिय निकुञ्जबाट केही आरोहीले ढुङ्गा बोकेर ल्याउँदा अहिले कानूनी झमेलामा परेका छन् । हिमाल आरोहण गरेर काठमाडौँ फर्किंदै गरेका तीन जनालाई सगरमाथा क्षेत्रको ढुङ्गो बोकेर ल्याएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ । 

हुन त उनीहरूले चिनोका लागि भनेर पनि ढुङ्गा ल्याएको हुनसक्छ तर ‘कानूनको अनभिज्ञता क्षम्य हुँदैन’, यो कानूनको सिद्धान्त हो । कानून जानेको छैन भन्दैमा उसलाई सजायमा छुट हुँदैन । त्यसैले हरेक मान्छेले कानून जानेको हुन्छ भनेर कानूनले व्याख्या गरेको हुन्छ । अझै संरक्षित क्षेत्रको विषय झन् संवेदनशील बन्नपुग्छ ।  

पक्राउ पर्नेमा ४० वर्षीय पेम्बा शेर्पा, ३० वर्षीय पुर्वा शेर्पा र अमेरिकी नागरिक सोफिया हेलर रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले जनाएको छ । उनीहरूले सानो आकारका १२ वटा ढुङ्गा र झण्डै एक किलोको अर्काे ढुङ्गा ल्याएका थिए । सोलुखुम्बुबाट आएको सूचनाका आधारमा विमानस्थल प्रहरीले खानतलासी गर्दा उनीहरूको साथबाट ढुङ्गा बरामद गरिएको हो । 

वन क्षेत्रको विषय भएकाले आवश्यक अनुसन्धान र कारवाहीका लागि डिभिजन वन कार्यालय काठमाडौँलाई बुझाइएको विमानस्थल सुरक्षा कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक सन्दीप भण्डारीले जानकारी दिए ।  

कार्यालयका डिभिजनल वन अधिकृत रामबाबु पौडेलले संरक्षित क्षेत्रबाट बिना अनुमति कुनै पनि वस्तुहरू निकासी गर्न नपाइने बताए ।  यस्तो भएमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअनुसार कारवाही हुने बताए । 
काङ्ग्रेसले गणतन्त्र दिवसमा विविध कार्यक्रम गर्ने 

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले यो वर्षको गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने निर्णय गरेको छ । 

पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले यही जेठ १४ गते ‘गणतन्त्रको एक दशक’ विषयक अन्तरक्रिया कार्यक्रम गर्ने, जेठ १५ गते ७७ वटै जिल्लामा प्रभातफेरी र बेलुकी मुख्य चोकहरूमा दीप प्रज्ज्वलन गर्ने निर्णय गरेको छ । 

त्यस्तै काठमाडौँ उपत्यकामा बिहान शान्ति वाटिकाबाट प्रभातफेरी प्रारम्भ गर्दै शहरका विभिन्न चोक हुँदै पुनः शान्ति वाटिका कार्यक्रम समापन गरिने र साँझ शान्ति वाटिकामा दीप प्रज्ज्वलन गरिने प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालले जानकारी दिए । 

जेठ १६ गते ‘सङ्घीयता कार्यान्वयन’ विषयका अन्तरक्रिया कार्यक्रम गर्ने, काठमाडौँमा सभापति शेरबहादुर देउवाको प्रमुख अतिथ्यमा बृहत् अन्तरक्रिया कार्यक्रम गर्ने प्रतिष्ठानले जनाएको छ ।

स्थलगत अनुसन्धान सकियो

पाँचथरको मिक्लाजुङ गाँउपालिक–३ आरुबोटेमा भएको हत्याकाण्डको स्थलगत अनुसन्धान सकिएको छ । दुई घरमा नौ जनाको बीभत्स हत्याकाण्डको स्थलगत अनुसन्धान सकिएको पाँचथरका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरले बताए । 

मिक्लाजुङ गाउँपालिकाको केन्द्र रवीबजारमा रहेको इलाका प्रहरी कार्यालयलाई केन्द्र बनाएर प्रहरीले अनुसन्धान गरेको थियो । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी), १ नं प्रदेशअन्तर्गको विशेष टोली र जिल्ला प्रहरी कार्यालय पाँचथरको टोलीले घटनास्थलमा स्थलगत अनुसन्धान गरेको थियो ।

अनुसन्धानमा हत्यामा प्रयोग भएको सामग्री सङ्कलन, छिमेकी र हत्या गरिएकाका आफन्तलगायत विभिन्न व्यक्तिसँग सोधपुछ गरिएको प्रहरी नायब उपरीक्षक कुवँरले बताए । 

 घटना बारेमा स्थलगत अनुसन्धान सकिँदासम्म स्थानीयवासीले शङ्का गरेका व्यक्ति मानबहादुर माखिमको संलग्नता देखिएको प्रहरी उपरीक्षक कुँवरको भनाइ छ । घटनामा अन्य व्यक्तिको पनि संलग्नता भए÷नभएको बारेमा थप अनुसन्धान गरिने उनको भनाइ छ । प्रहरीले शङ्का गरेका व्यक्ति मानबहादुर माखिमकोे मङ्गलबार हत्या भएको स्थलबाट करीब डेढ घण्टाको दूरीमा झुण्डिएको अवस्थामा शव फेला परेको थियो । 

उपराष्ट्रपति पुन अष्ट्रिया प्रस्थान 
 
उपराष्ट्रपति नन्दबहादुर पुन युरोपेली मुलुक अष्ट्रियाको साताव्यापी भ्रमणका लागि आइतबार त्यसतर्फ प्रस्थान गरेका छन् । 

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागीले बिदाइ गरे । उपराष्ट्रपति पुनको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मानगारत अर्पण गरेको थियो ।  

अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान द बेलेनको निमन्त्रणामा भियनामा यही जेठ १४ गते आयोजना हुने जलवायुसम्बन्धी आर–२० विश्व शिखर सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।  

उपराष्ट्रपति पुन जेठ १४ गते आर–२० विश्व शिखर सम्मेलनमा सहभागी भई नेपालको धारणा राख्नेछन् । भ्रमणको क्रममा उनले अष्ट्रियाका राष्ट्रपति बेलेनसँग शिष्टाचार भेट गर्नेछन् ।  उपराष्ट्रपति पुन भियना अन्तर्राष्ट्रिय केन्द्रको ४०औँ वार्षिकोत्सवको अवसरमा सोमबार आयोजना हुने कार्यक्रममा समेत सहभागी हुने कार्यक्रम छ । 
 
भ्रमण सम्पन्न गरी उनी यही जेठ १८ गते स्वदेश फर्कनेछन् । 
गोली हानेर चार लाख लुटियो  
    
    जीवन विकास संस्थाका कर्मचारी शम्भुप्रसाद गच्छदारलाई आइतबार अज्ञात समूहले गोली प्रहार गरी लुटपाट गरेका छन् । स्कुटीमा आएका तीन जनाको समूहले गोली प्रहार गरी उनको साथमा भएको रु चार लाख लुटेको धरान इलाका प्रहरी कार्यालयले जनाएको छ । उनी पानबारीबाट दिउँसो को१८प ५२९४ नंं नम्बरको मोटरसाइकलबाट धरान फर्कंदै गर्दा   तीन जनाको समूहले रोकेर लिफ्ट मागेका थिए । रोकेपछि लुटपाट गरेको र प्रतीकार गर्दा गोली प्रहार गरेको गच्छदारले बताए ।  उनीहरूले चार राउण्ड गोली हानेकामा दुई गोली उनलाई लागेको थियो ।
    
    बायाँ कम्मरको माथिल्लो भाग र हातको कुहिनामा गोली लागेका गच्छदारको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकास्मिक कक्षमा उपचार भइरहेको प्रतिष्ठानस्थित प्रहरी पोष्टका इञ्चार्ज दुर्गा पराजुलीले जानकारी दिए । 

 घटनापछि धरानको सुरक्षा व्यवस्था कडा बनाइएको सहायक प्रहरी निरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x