×

NMB BANK
NIC ASIA

नेपालकै नमूना आधुनिक प्रदर्शनी केन्द्र बुटवलमा बन्दै, ५ सय २५ रुख काटिने

जेठ १३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल- बुटवलमा प्रत्येक वर्ष दुईदेखि तीन वटासम्म मेला/महोत्सवहरू आयोजना गरिन्छन् । निजी क्षेत्रले आयोजना गर्ने ती मेला/महोत्सवको लागि बनाउनुपर्ने अस्थायी संरचनामा हरेक वर्ष झण्डै ७० लाखदेखि एक करोड रूपैयाँसम्म खर्च हुने गर्छ । 

Muktinath Bank

जसले गर्दा यहाँको ठूलो बालुवामा पानी हाले सरह खर्च हुने गर्‍थ्यो । तर अबको दुई वर्षपछि मेला महोत्सव गर्दा अस्थायी संरचनाका लागि लाखौं रूपैयाँ खर्च नहुने भएको छ । अब नेपालकै नमूना, सुविधासम्पन्न र ठूलो अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र बुटवलमा बन्ने भएको हो । बुटवल–१० रामनगरस्थित बुटवल मण्डपको ६ विगाहा चार कठ्ठा जग्गामा शहरी विकास मन्त्रालयले अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र बनाउन शुरू गरेको छ । प्रदर्शनी केन्द्रको सोमवार नेकपा महासचिव तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले शिलान्यास गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एक अर्ब २ करोड रुपैयाँ लागतमा बन्ने प्रदर्शनी केन्द्र नेपालकै ठूलो र सुविधासम्पन्न हुनेछ । सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मनिराम गेलालले २७ महिनाभित्र अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र निर्माण सम्पन्न हुने बताए । 


Advertisment
Nabil box
Kumari

प्रदर्शनी केन्द्रमा आठ सय वटा स्टलहरू रहनेछन् । हरेक स्टल एकसय ४४ फूटको हुनेछन् । बाहिरबाट हेर्दा तीनवटा भवन देखिने गरी डिजाइन गरिएको प्रदर्शनी केन्द्रलाई आवश्यकताअनुसार अलग–अलग गर्न मिल्ने गरी बनाइने छ । 

Vianet communication
Laxmi Bank

एक पटकमा १० हजार जनाले अवलोकन गर्ने सक्नेछन् । प्रदर्शनी केन्द्रको भुइँमा इन्टरलक सिमेन्ट टायल बिछ्याइने हुँदा अब अवलोकनकर्ताले विगतमा जस्तो धूलोको समस्या झेल्नुपर्ने छैन । यस्तै ३६ हजार वर्गफिट क्षेत्रफललाई खुला प्रदर्शनी स्थल बनाइने छ । जसमा सवारी साधन र हेभी इक्युपमेन्टलगायत प्रदर्शन गर्न सकिने छ । 

यस्तै एक लाख १० हजार वर्गफिट क्षेत्रफलको बाल उद्यान, चार सय वटा चारपांग्रे र चार सय वटा मोटरसाइकल राख्न मिल्ने एक लाख २० हजार वर्गफिट क्षेत्रफलको पार्किङ क्षेत्र बनाइने आयोजना प्रमुख लामाले बताए । २ हजार क्षमताको भोजनालय समेत निर्माण हुनेछ । १ लाख १० हजार स्वायर फूटको चिल्ड्रेन पार्क र २० हजार क्षमताको खुला क्षेत्र रहनेछ ।

प्रदर्शनी केन्द्रमा चार सय ५० जना क्षमता र तीन सय जना क्षमताका दुई वटा सेमिनार हल, दुई हजार जना क्षमताको फूड कोर्ट (चमेनागृह र भोजनालय) र एउटा प्रशासनिक भवन बन्नेछन् । प्रदर्शनी केन्द्रमै मेशिनरी उपकरण भण्डारण, मर्मतका लागि तीन वटा वायर हाउससमेत बन्नेछन् । प्रदर्शनी केन्द्र परिसरमै गणतन्त्र स्मारक पनि बनाइनेछ । डिजाइन, क्षेत्रफल र हरियालीसहित बन्ने यो प्रदर्शनी केन्द्र देशकै नमूना र काठमाडौं बाहिरको पहिलो हुने गेलालले बताए । 

प्रदर्शनी केन्द्र निर्माणका लागि ५ सय २५ वटा रुख काट्नुपर्ने हुन्छ । ती रुखहरू भोलिदेखि नै काट्न शुरू गरिनेछन् । वन तथा वातावरण मन्त्रालयबाट वातावरणीय प्रभाव मूल्यांकन गराई रुख काट्ने अनुमतिसमेत बिहीवार प्राप्त भएकाले अब काम द्रुत गतिमा अघि बढ्ने आयोजना प्रमुख लामाले बताए । 

बुटवल सभाहल तथा प्रदर्शनी केन्द्र निर्माण कार्यान्वयन इकाइमार्फत प्रदर्शनी केन्द्र निर्माणको काम हुने छ । प्रदर्शनी केन्द्र निर्माणका लागि ‘ग्लोबल टेण्डर’ आह्वान भइ क्यापासिट इन्फ्रा प्रोजेक्ट्स (गौरी–पार्वती जेभी कम्पनी)ले ठेक्का लिइसकेको आयोजना प्रमुख शिखर लामाले बताए ।

निजी क्षेत्र उत्साहित

प्रदर्शनीस्थल निर्माण थालिएपछि रुपन्देहीका उद्योगी, व्यवसायी र नागरिकहरू उत्साहित छन् । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले बुटवलमा बन्ने स्थायी संरचनाले यहाँको विकासमा ठूलो योगदान पुर्‍याउने बताए । ‘लाखौं रुपैयाँ अनुत्पादक खर्च त छँदैछ, मौसम प्रतिकूल हुँदा अस्थायी संरचना र स्टलमा राखिएका सामानहरूमा क्षति पुग्ने, अवलोकनकर्ताले पनि धूलोको सास्ती खेप्नुपर्ने हुन्थ्यो । प्रदर्शनी केन्द्र बनेपछि ती समस्याहरू झेल्नुपर्ने छैन,’ हमालले भने । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर पाँचका सदस्य कृष्णकुमार श्रेष्ठले प्रदर्शनी केन्द्र बनेपछि बुटवलमा विकास अझै अगाडि बढ्ने बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x