×

NMB BANK
NIC ASIA

विष्णु पौडेलविरुद्ध कांग्रेसले पर्चाबाजी गरेपछि बुटवलमा विरोध

जेठ १३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल – बुटवलमा सोमवार बिहान देशकै ठूलो तथा सुविधासम्पन्न अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र निर्माण कार्यको शिलान्यास गर्ने कार्यक्रममा नेकपा महासचिव विष्णु पौडेल सहभागी भएका थिए ।

Muktinath Bank

कार्यक्रममै नेपाली कांग्रेसका नगर सभापति खेलराज पाण्डे नेतृत्वका केही व्यक्तिले पौडेललाई ‘भ्रष्टाचारी’ भन्दै नारावाजी गरे । कार्यक्रममा अतिथि समेत रहेका पाण्डेले आफ्नो गोजीमा पर्चा लगेर फाल्न खोज्दाखोज्दै नियन्त्रणमा लिइएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रममा कांग्रेसका प्रतिनिधिले गरेको व्यवहारप्रति स्थानीय राजनीतिक दलका नेताले आपत्ति जनाएका छन् । बुटवलका उद्योगी, व्यवसायी र राजनीतिक दलका नेताले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।


Advertisment
Nabil box
Kumari

विष्णु पौडेलले रूपन्देहीमा ल्याएको विकासप्रति आत्तिएर ‘अनर्गल’ प्रचार गर्न उत्रिएको उद्योगी, व्यवसायी र राजनीति नेताहरूले बताएका छन् । नेपाल चेम्बर अफ कर्मसका केन्द्रीय सदस्य टंक पोखरेलले विकासका योजनालाई राजनीतिसँग जोडेर विरोध गर्न नहुने बताए ।

Vianet communication
Laxmi Bank

‘काठमाडौंमा पौडेलप्रति उठेको विषयको बारेमा उहाँले संसदमै दोषी भेटिए कारवाही भोग्न तयार छु भन्नुभएको छ । यस्तो अवस्थामा बुटवलको गौरवको आयोजना शिलान्यास गर्दा अनावश्यक विरोधमा उत्रिनु हुँदैनथ्यो,’ उनले भने ।

नेपाल उद्योग वाणिज्य महासंघ ५ नम्बर प्रदेशका सदस्य कृष्णकुमार श्रेष्ठले विकास निर्माणको काम गर्दा राजनीतिक विषय उठाउन आवश्यक नभएको बताए । ‘बुटवलको विकासमा विष्णु पौडेलको योगदान धेरै ठूलो छ । उहाँले बुटवलमा अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र बनाउन ठूलो मेहनेत गर्नुभएको छ । त्यहीँ कार्यक्रममा विरोध स्वरुप प्रचार गरेजस्तो देखियो । यस्तो गर्न आवश्यक थिएन ।’

युवा संघ नेपाल स्थायी कमिटी सदस्य देवराज पोखरेलले विकासविरोधी अराजनीतिक गतिविधि गरे युवाले प्रतिकार गर्ने बताए । ‘कांग्रेसले बुटवलमा आज अराजनीतिक गतिविधि गर्‍यो,’ उनले भने, यस्तो फेरि दोहोरिए युवा संघले छाड्दैन ।’

नेकपा नेता तेजेन्द्र केसीले बुटवलमा राष्ट्रिय गौरवको आयोजना बन्दा अवरोधमा उत्रिएर कांग्रेसले आफ्नो असली अनुहार देखाएको बताए । नेकपा नेता गोपाल रानाले पौडेलले रुपन्देहीलाई विकासको रोलमोडल जिल्ला बनाउन लागेको देखेर कांग्रेस आत्तिएर पर्चा फाल्न बाध्य भएको बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x