×

NMB BANK
NIC ASIA

गणतन्त्र दिवसका लागि तयारी गर्दै काठमाडौं महानगरपालिका

जेठ १३, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

काठमाडौं- काठमाडौं महानगरपालिका गणतन्त्र दिवस मनाउन सरसफाइ र सजावटको काममा जुटेको छ । आगामी जेठ १५ गते मनाइने ११ औं गणतन्त्र दिवसका लागि कामपाले प्रमुख विद्यसुन्दर शाक्यको संयोजकत्वमा मञ्च सजावट तथा व्यवस्थान उपसमिति नै गठन गरेर तयारी थालेको छ । 

Muktinath Bank

उपसमितिका सदस्य सचिव विष्णु जोशीका अनुसार तयारीस्वरूप अहिले सरसफाइ र अन्य सजावटको काम भइरहेको छ । उक्त दिन कामपाको तर्फबाट खानेपानीको व्यवस्था, बस्नका लागि एक हजार कुर्सी राख्ने, विभिन्न समुदायबाट संस्कृति कार्यक्रम गर्ने तयारीमा कामपा जुटेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यससँगै कामपाले सहभागी भएका पाहुनालाई समस्या परे तत्काल उद्धार गर्न कार्यक्रम अवधिभर एक एम्बुलेन्स र एक दमकल परिचालन गर्नेछ । त्यसका लागि गत सोमवार प्रमुख शाक्यको संयोजकत्वमा बसेको मञ्च व्यवस्थापन उपसमितिको बैठकले जनसाधारण बस्ने कुर्सीको व्यवस्था गर्ने, पिउने पानीको व्यवस्था गर्ने, टुँडिखेलमा ध्वजापताका राखेर सजावट गर्नेलगायत निर्णय गरेको हो । 


Advertisment
Nabil box
Kumari

जनसाधारणलाई घाम र पानीबाट बचाउन बस्ने व्यवस्थामा कामपाको ध्यान रहेको छ । गणतन्त्र प्राप्त भएको दिनको सम्झनामा प्रत्येक वर्षको जेठ १५ गने भव्य रूपमा यो दिवस मनाउँदै आइएको छ । विगतका वर्षमा चर्को घामका कारण नागरिकलाई समस्या परेकाले यस वर्ष कामपाले बस्ने स्थान र पिउने पानी लगायत व्यवस्थापन गर्न लागेको हो । 

Vianet communication
Laxmi Bank

त्यसैगरी बैठकले, हेलिकप्टरबाट प्रदर्शन गरिने ब्यानर र वृष्टि गर्न फूल नेपाली सेनालाई उपलब्ध गराउने, मञ्चमा प्रयोग हुने साउण्ड सिस्टमको व्यवस्था गर्ने काम महानगरको जिम्मामा रहने निर्णय गरेको छ । त्यस्तै कार्यक्रम स्थलमा भएका भौतिक संरचनाको रङरोगन गर्ने काम पनि भइरहेको छ । दिवसमा उपत्यकाका सबै नगरपालिकालाई सहभागी गराउने तथा गणतन्त्रको महत्व नागरिकसम्म पुर्‍याउने उद्देश्य महानगरको रहेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x