×

NMB BANK
NIC ASIA

बुटवल- नेकपा रुपन्देहीको नयाँ नेतृत्वलाई सोमवार शपथ ग्रहण गराइएको छ ।

Muktinath Bank

नेकपा रुपन्देहीको जिल्ला कमिटीमा सचिवसहित एक सय ७३ जनाले सोमवार सामूहिक सपथ ग्रहण गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अध्यक्ष शिवराज सुवेदीको भने यसअघि नै सपथ ग्रहण भइसकेको थियो । सचिव निर्मल केसीसहित जिल्ला कमिटीका सदस्यहरू एक सय ७३ जनालाई सोमवार पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले शपथ ग्रहण गराएका हुन् ।


Advertisment
Nabil box
Kumari

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रका बीचमा पार्टी एकता भएपछि पहिलो पटक रुपन्देही जिल्ला कमिटीको घोषणा भएको थियो । सोही कमिटीको सपथ ग्रहण समारोहमा सहभागी विभिन्न तहका नेताहरुले स्पष्ट राजनीतिक विचारका माध्यमबाट जनताको विश्वास जित्दै अगाडि बढ्न निर्देशन दिए ।

Vianet communication
Laxmi Bank

कार्यक्रममा पार्टीका महासचिव विष्णुप्रसाद पौडेल, पार्टीका स्थायी समिति सदस्य तथा प्रदेश इन्चार्ज शंकर पोखरेल, स्थायी समिति सदस्य घनश्याम भुषाल, स्थायी समितिकै अर्का सदस्य छविलाल विश्वकर्मा, प्रदेश कमिटीका सचिव जगप्रसाद शर्मालगायतले सही राजनीतिक विचारका माध्यमबाट संगठनलाई सही दिशामा अगाडि बढाउन निर्देशन दिएका थिए ।

त्यसक्रममा बोल्दै महासचिव पौडेलले भ्रम, कुण्ठा, आरोप र पूर्वाग्रहका आधारमा हतारिएर धारणा बनाउँदा गलत हुने भन्दै सचेत हुन आग्रह गरे । उनले गरीबी, आर्थिक असमानता, जातीय विभेद, लैङ्गिक असमानता, शैक्षिक विषमता, पर्याबरणको क्षयीकरण र बेरोजगारीको चरम समस्यामा रहेको मुलुकलाई वर्तमा सरकारले योजनाबद्ध कामबाटै सुधार गर्नेतर्फ अग्रसर रहेको बताए । 

प्रत्येक मानिसमा न्याय, विवेकपूर्ण निर्णय, सुरक्षा र आत्मसम्मानको गम्भीर अनुभूति दिलाउनेतर्फ तीनै तहका सरकारहरू केन्द्रित रहेको उल्लेख गर्दै महासचिव पौडेलले सकारात्मक परिवर्तन, अहिंसा, सहिष्णुता र सद्भावको मार्गबाटै समाज रुपान्तरणको अभियान सफल बनाइने बताए । 

पार्टीका स्थायी समिति सदस्य, प्रदेश कमिटीका इन्चार्ज तथा मुख्यमन्त्री पोखरेलले विचार र नारा मात्रै क्रान्तिकारी बनाउने तर काम भने फिटिक्कै नगर्ने प्रवृत्तिलाई अन्त्य गरिने बताए । उनले ठूलो बनाएको, सरकार सञ्चालन गरेको, कार्यकर्ताको बलियो पंक्ति निर्माण गरेको व्यवहार, आचरण र जीवनशैली बदल्नका लागि भएको उल्लेख गर्दै त्यसैका माध्यमबाट समाज बदल्ने अठोटका साथ क्रियाशील बन्न आग्रह गरे ।

नकारात्मक कुराहरू मात्रै गर्ने, सुन्ने र त्यसैका आधारमा धारणा बनाउँदा अविश्वास र भ्रम सिर्जना हुने भन्दै इन्चार्ज पोखरेलले निराशा र कुण्ठामा बहकिँदा खास कार्यभार पछाडि पर्ने खतरातर्फ सचेत रहनुपर्नेमा जोड दिए ।

स्थायी समितिका सदस्य घनश्याम भुसालले विचार र कार्यशैलीमा प्रष्ट भएर अगाडि बढ्न जरुरी रहेको भन्दै जनताका समस्याको समाधानका लागि सहायक बन्न आग्रह गरे । उनले समाज बदल्ने काममा केन्द्रित हुनुपहिले आफूहरू पनि रुपान्तरित हुन जरुरी रहेको भन्दै एकता र सहकार्यका आधारमा कार्यभार पूरा गर्नुपर्नेमा जोड दिए ।

स्थायी समितिका सदस्य छविलाल विश्वकर्माले चुनौती, समस्या र अन्योलताको भूमरी सिर्जना गर्ने र त्यसैका आधारमा सरकारलाई कमजोर बनाउन खोज्न तत्वहरू सक्रिय रहेको भन्दै सचेत रहन सुझाव दिए । प्रदेश कमिटीका सचिव शर्माले स्थानीय तहका जनप्रतिनिधिहरूसँग सहकार्य र समन्वय गरेर जनताका पिर मर्काका कामलाई समाधान गर्नेगरी केन्द्रित हुन आग्रह गरे । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x