हिमालयन बैंकद्धारा त्रि.वि. शिक्षण अस्पतालमा चिकित्सकहरुका लागी विश्राम कक्ष निर्माण ।

जेठ १३, २०७६

काठमाडौं-  हिमालयन बैंक लिमिटेडले त्रिवि शिक्षण अस्पतालमा कार्यरत चिकित्सकहरूका लागि विश्राम कक्ष निर्माण गरेको छ ।  

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्ने कार्य स्वरूप उक्त विश्राम कक्ष निर्माण गरेको हो । अस्पतालमा कार्यरत चिकित्सकहरूका लागि यो कक्ष निकै उपयोगी हुने विश्वास बैंकले लिएको छ । 


ADVERTISEMENT

बैंकका सञ्चालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठ र त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रेम खड्गाले संयुक्त रूपमा सोमवार एक समाहरोहका बीच उक्त विश्राम कक्षको उद्घाटन गरी अस्पताल व्यवस्थापनलाई हस्तान्तरण गरे ।

सो अवसरमा बैंकका अध्यक्ष मनोजबहादुर श्रेष्ठले त्रिवि शिक्षण अस्पतालमा विश्राम कक्ष निर्माण गर्न पाउँदा खुशी व्यक्त गरे । त्यस अस्पतालमा कार्यरत चिकित्सक तथा कर्मचारीहरूलाई बैंकले उपलब्ध गराउने सेवा उपभोगका लागी आग्रह गरे । साथै बैंकले यी जस्तै अत्यावश्यक क्षेत्रहरूमा आगामी दिनहरूमा आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्ने बताए ।

हाल बैंकको शाखा संख्या ५९ वटा, एटीएम संख्या ११६, २६०० भन्दा बढी कार्ड मर्चेन्टहरू र विप्रेषण भुक्तानी काउन्टर १३ हजार ५ सयभन्दा बढी रहेको छ ।  
 

जेठ १३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस