'म त्यही आतंककारी समूहलाई सोधिराखेको छु, तिमीहरूको माग के हो ?' - प्रधानमन्त्री

फाइल फोटो
जेठ १३, २०७६

काठमाडौं- प्रधानमन्त्री केपी सहरमा ओलीले आइतवार साँझ राजधानीका विभिन्न स्थानमा ४ जनाको ज्यान जानेगरी विष्फोट गराएको भन्दै नेत्रविक्रम चन्द 'विप्लव' समूहलाई आतंककारीको समूह भएको आरोप लगाएका छन् । 

राष्ट्रिय मानवअधिकार आयोगको १९ औं वार्षिकोत्सवको अवसरमा राजधानीमा सोमवार आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले विप्लव समूहलाई आतंककारी भएको बताएका हुन् । 'म त्यही आतंककारी समूहलाई सोधिराखेको छु, तिमीहरूको माग के हो ?' प्रधानमन्त्री ओलीले आक्रोशित हुँदै प्रश्न गरे, 'चाहिएको के हो ?' 
 
प्रधानमन्त्री ओलीले थपे, 'बाह्य लगानी आउन नदिने ? सरकारले छुट्याएको बजेट आयोजनामा नलगेर बीचमा लुटपाट होस् भन्ने चाहने ? यो बहुतै गम्भीर कुरा हो । सरकार यस कुरामा चिन्तित पनि छ र यस्ता कुरा रोक्न दृढ पनि छ ।'


ADVERTISEMENT

 

जेठ १३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस