×

NMB BANK
NIC ASIA

काठमाडौं –जेठ ७ गते बिहान जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सानुराम भट्टराईलाई सूचना आयो – एक जना वृद्धको हत्या भयो ।

Muktinath Bank

सूचना आएपछि एसपी भट्टराईले कुकुर सहितको प्रहरी टोली सिम्रौनगढ नगरपालिकास्थित घटनास्थलतर्फ खटाए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सानो छाप्रो बनाएर एक्लै बस्ने गरेका ६० वर्षीय महरा चमारको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।


Advertisment
Nabil box
Kumari

‘शुरूमा त कसले, किन, कसरी हत्या ग¥यो भनेर पत्ता लगाउन प्रहरीलाई धौ–धौ भयो,’ एसपी भट्टराई भने, ‘बोर्डर (भारतीय सीमा) नजिकै भएकाले हत्या गरेर उनीहरू भारततर्फ गइसकेका रहेछन् ।’

Vianet communication
Laxmi Bank

विभिन्न सूचनाको आधारमा प्रहरीले अभियुक्तलाई पत्ता लगाइछाड्यो । तर अभियुक्तहरू पक्राउ परेपछि घटनाको रहश्य सुनेर प्रहरी हैरान भयो । वृद्धको हत्या घटनामा किशोरावस्थाको एक जोडीको संलग्नता देखिएको एसपी भट्टराईले बताए । घटना भएको ६ दिनपछि अभियुक्त सिम्रौनगढ फर्किसकेको सूचनाका आधारमा प्रहरीले जेठ १२ गते १७ वर्षका किशोर र  १६ वर्षीया किशोरीलाई पक्राउ गर्‍यो ।

किशोर जोडीको यौनक्रीडा देखेपछि ...

अभियुक्त पक्राउ परेपछि प्रहरीले सोधपुछ गर्न थाल्यो । सोधपुछ गर्ने क्रममा किशोरकिशोरीको जोडीले नै हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ ।

किशोरकिशोरीले चमारको घर नजिकै बेलुकी लगभग १० बजेको हाराहारीमा यौनक्रिडा गरिरहेको अवस्थामा वृद्धले देखेका रहेछन् । अभियुक्तको बयानका आधारमा एसपी भट्टराईले भने, ‘चमारले देखेपछि ‘बार्गेनिङ गर्न थालेछन् – मलाई पनि सम्बन्ध राख्न देऊ भनेर । तर किशोर जोडीले मानेन । सम्बन्ध राख्न नदिए अरुलाई पनि बताइदिने भन्दै धम्की दिएछन् ।’

अरुलाई बताइदिने धम्की पाएपछि हत्या गरेको भनेर अभियुक्तले स्वीकारेको एसपी भट्टराईले लोकान्तरलाई बताए । चमारकै घरमा भएको खुर्पाले हानेर बेलुका १० बजेपछि हत्या गरेको अनुसन्धानबाट खुलेको जनाइएको छ । प्रहरीका अनुसार ६० वर्षीय चमार अविवाहित हुन् । पक्राउ परेका किशोर १० कक्षा र किशोरी ९ कक्षामा अध्ययनरत छिन् ।

मुलुकी अपराध (संहिता) ऐनको दफा ४५ को उपदफा ४ अनुसार अभियुक्तलाई कारवारही हुने एसपी भट्टराईले बताए । ऐनमा भनिएको छ, ‘सोह्र वर्ष वा सोह्रभन्दा माथि र उठार वर्षभन्दा कम उमेरको व्यक्तिले कैदको सजाय हुने कुनै कसूर गरेमा निजलाई उमेर पुगेको व्यक्तिलाई कानून बमोजिम हुने सजायको दुइतिहाइ सजाय हुनेछ ।’ प्रहरीले अदालतबाट ५ दिनको म्याद थप गरेर थप अनुसन्धान गरिरहेको छ ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x