लक्ष्मी बैंकको १०६ औं शाखा सिन्धुपाल्चोकको मेलम्चीमा

जेठ १५, २०७६

सिन्धुपाल्चोक- लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा क्रमशः आफ्नो १०६ औं शाखा सिन्धुपालचोकको मेलम्चीमा सञ्चालनमा ल्याएको छ । 

यो शाखा मार्फत बैकंले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरू माझ वित्तीयपहुँच पुर्‍याउने लक्ष्य राखेको छ । 


ADVERTISEMENT

यस नयाँशाखाको साथ लक्ष्मी बैंकको सञ्जाल ४७ जिल्लामा १०६ शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १२८ एटीएम, २५ सयभन्दा बढी रेमिटेन्स्एजेन्ट तथा ५८ शाखारहित बैंकिङ एजेन्टहरू पुगेको छ ।

यी शाखाहरूका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, बीमालगायतका वित्तीय सेवाहरूको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरूमा आक्रामक रूपमा सेवा विस्तार गर्दै आएको छ ।

जेठ १५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस