एनआईसी एसिया बैंकका नयाँ शाखा विराटनगर र धरानमा उद्घाटन

जेठ १६, २०७६

काठमाडौं – ग्रामीण तथा शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एन आई सी एशिया बैंकले विराटनगर महानगरपालिका र धरान उपमहानगरपालिकामा आफ्नो दुई नयाँ शाखा कार्यालयहरूको औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।  

मोरङ जिल्ला, विराटनगर महानगरपालिका वडा नम्बर  १५ रानीमिल्स एरियास्थित रानी मिल्स एरिया शाखाको बैंकका सञ्चालक राजेन्द्रप्रसाद अर्यालबाट उद्घाटन सम्पन्न भएको छ ।


ADVERTISEMENT

सुनसरी जिल्लाको धरान उपमहानगरपालिका–१८ बुद्धचोकस्थित बुद्धचोक शाखाको बैंकका सञ्चालक विनोदकुमार प्याकुरेलबाट भव्य समारोहबीच उद्घाटन भएको हो ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर २८४ शाखा कार्यालय, २८९ एटीएम, ४१ वटा एक्सटेन्सन काउन्टर एवं २८ वटा शाखारहित बैंकिङ इकाईमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल  भएको छ ।

करीब १६ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा कार्यालय सञ्चालन गर्ने योजना अगाडि सारेको छ ।

जेठ १६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस