नेप्से : उच्च अंकको कारोबार, सामान्य अंकले वृद्धि

जेठ १६, २०७६

काठमाडौं- एक अर्ब ५२ करोड ८१ लाख ५१ हजार ७९२ बराबरको कारोबार भए पनि कारोबार मापन नेप्से परिसूचक बिहीवार ५ दशमलब ५८ बिन्दुले मात्रै उकालो लागेको छ । 

अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार आगामी आर्थिक वर्षको बजेटमा शेयर बजारलाई सम्बोधन गर्ने केही नीतिगत व्यवस्था गरे पनि शेयर बजारमा भने त्यसको सामान्य प्रभाव परेको छ । नेपाल स्टक एक्स्चेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ५ दशमलब ५८ बिन्दुले बढेर एक हजार ३१९ दशमलब ४७ अंकमा पुगेको छ । 


ADVERTISEMENT

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव २३ बिन्दुले मात्रै बढेको छ । कूल १७४ कम्पनीको ४८ लाख ९४ हजार ६८१ कित्ता शेयर कारोबार भए । स्टकका अनुसार कारोबार भएका कूल ११ उपसमूहमध्ये चार उपसमूहको मात्रै शेयर उकालो लागेको छ । बैंकिङ १० दशमलव ५९, अन्य दुई दशमलव शून्य सात, जीवन बीमा ९ दशमलब ५४ र सामूहिक लगानी कोष शून्य दशमलव शून्य सात बिन्दुले बढेको छ । 

यस्तै होटल १८ दशमलव ५४, विकास बैंक चार दशमलव ४४, जलविद्युत् ५ दशमलव २९, वित्त शून्य दशमलव शून्य नौ, निर्जीवन बीमा ६ दशमलव ७९, उत्पादन २४ दशमलव ३५ र लघुवित्त एक दशमलव ७८ बिन्दुले घटेको छ । 

कारोवारका आधारमा आज शिवम् सिमेन्टको रु १७ करोड १९ लाख ६५ हजार १४९ मा कारोवार भयो । नेपाल बैंक लिमिटेड रु १६ करोड ६१ लाख ३४ हजार ६३८, प्रभु बैंक १० करोड ९९ लाख २१ हजार ६३३ र माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी नौ करोड २२ लाख ९५ हजार १४४ मूल्यमा खरीद बिक्री भई शीर्ष स्थानमा रहे ।

जेठ १६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार