माघ १५, २०८०
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
काठमाडौं – भारतीय विदेशमन्त्रीको रूपमा शुक्रवारै जिम्मेवारी सम्हालेका चर्चित र विवादित पात्र एस जयशंकर नेपालीका लागि त्यति सुखद नाम होइन । नेपालमाथि नाकाबन्दी गर्न प्रधानमन्त्री मोदीलाई सुझाव दिएको भनिएका जयशंकरमाथि नेपाली नेतालाई कूटनीतिक रूपमा अस्वाभाविक र अभद्र व्यवहार गर्ने आरोप लाग्ने गरेको छ ।
२०७२ सालको पुसमा तत्कालीन एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लाजिम्पाट (त्यतिबेलाको निवास) मा पत्रकार सम्मेलन गरेर एस जयशंकरका बारेमा विशेष खुलासा गरेका थिए । जयशंकरले कूटनीतिक मर्यादा उल्लंघन गर्दै अपमानपूर्ण व्यवहार गरेको र उनको अभद्र र गैरकूटनीतिक हर्कतबाट आफू आक्रोशित भएको प्रचण्डको भनाइ थियो ।
भारतको विदेशमन्त्री पदका सम्हाल्ने जिम्मा पाएका जयशंकर नेपालीको लागि नौलो नाम होइन । ‘२०७२ सालको ३ असोजमा संविधान जारी हुनुभन्दा ४८ घण्टाअघि जयशंकर नेपाल आएका थिए,’ प्रचण्डले त्यतिबेलाको स्मरण गर्दै पत्रकारसँग भनेका थिए, ‘उनी संविधान रोक्न नेताहरूलाई दबाब दिएर दिल्ली फर्के । म यही ठाउँमा थिएँ । बाबुराम र नारायणकाजी पनि हुनुहुन्थ्यो ।’
प्रचण्डका अनुसार त्यतिबेला जयशंकरले ‘अब हामीले देखाइदिन्छौं’ भन्दै भारत फर्केका थिए, नभन्दै संविधान जारी भएपछि नेपालले ६ महिनासम्म भारतीय नाकाबन्दीको सामना गर्नुपर्यो । नेपालमाथि नाकाबन्दीका ‘डिजाइनर’ जयशंकर अहिले भारतको विदेशमन्त्री बनेपछि नेपाली राजनीतिक वृत्तमा नयाँ प्रकारको सन्त्रास फैलिएको छ ।
अन्तर्राष्ट्रिय विषयमा चासो राख्ने एक ट्विटर प्रयोगकर्ता अनिल गिरी अबको ५ वर्ष नेपालले भारतबाट दुःख पाउने आशयका साथ लेख्छन्, ‘अघिल्लो कार्यकालमा नाकाबन्दी लगाएर तनाव दिए । दोस्रो कार्यकालमा नाकाबन्दीका सूत्रधार मध्येका एक एस जयशंकरलाई मन्त्री सम्भवतः विदेशमन्त्री नै बनाएर अर्काे ५ वर्ष नेपालीलाई चैनसँग सुत्न देलान् जस्तो छैन त मोदीले ।’
यस्तो गिरीको एक्लो धारणा होइन, गिरीजस्तै सयौंले सामाजिक सञ्जालमार्फत जयशंकर भारतको केन्द्रीय मन्त्री बन्नुलाई नेपालमाथि थप ‘घात’ हुन सक्ने विषयका रूपमा अर्थ्याएका छन् । जयशंकरबाट नेपाल मात्र पीडित छैन, भुटान, पाकिस्तान, बंगलादेश, श्रीलंका, चीनजस्ता देशमा भारतीय चलखेल बढाउन भारतको राज्यसत्ताले जयशंकरको प्रयोग गर्ने गर्छ ।
अर्का ट्विटर प्रयोगकर्ता हस्त गुरुङ लेख्छन्, ‘मोदी मन्त्रिमण्डलमा नेपाल र नेपालीलाई तर्साउने अनुहार आउँदैछन । संविधान, संघीयता, नागरिकताको विषय र आर्थिक समृद्धिको विषय जटिल हुनसक्छ ।’
प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहको ‘लाइभ ब्रोडकास्ट’ गरेको भारतीय टेलिभिजन आजतक टीभीमा बोलाइएका केही अतिथिले जयशंकरलाई कूटनीतिक सन्तुलन बिगार्ने व्यक्ति भनेर टिप्पणी गरेका थिए । यसबाट जयशंकरको नामले भारतमै पनि कूटनीतिक खतराको संकेत देखिएको पुष्टि हुन्छ ।
जयशंकरबाट हामी किन त्रसित हुनुपर्ने ?
माथि नै भनिसकियो, जयशंकर नेपालमाथि नाकाबन्दीका प्रमुख डिजाइनर थिए । अन्तिम समयमा नेपालका नेताहरूले संविधान घोषणा गर्ने मिति केही दिन पछि सार्न नमानेपछि मोदीका दूतका रूपमा आएका जयशंकर कूटनीतिक मान्यतासमेत उल्लंघन गरी अभद्र रूपमा प्रस्तुत भए । के यत्ति कारणले नेपाली जयशंकरबाट त्रसित हुनुपर्ला त ?
भारतले भर्खर बनेको संविधानका कतिपय प्रावधानमा आपत्ति जनाउँदै नेपाललाई घुँडा टेकाउने नीति अख्तियार गर्यो । नाकाबन्दी त्यसैको उत्कर्ष थियो तर नाकाबन्दीले विश्वमा भारतको शीर उँचो गराएन । बरू केपी शर्मा ओली प्रधानमन्त्री भएपछि विभिन्न अन्तर्राष्ट्रिय फोरममा नेपालले भारतीय नाकाबन्दी अमानवीय भएको कुरा विश्वसामू पुर्यायो ।
संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को स्थायी सदस्य बन्ने अभिलाषा लिएको भारतको नेपालमाथिको यस्तो रवैया कूटनीतिक भाषामा टिप्पणी गर्नलायक थिएन । ६ महिनापछि विना कुनै शर्त वा विना कुनै छलफल भारतले नाकाबन्दी फिर्ता लियो । नाकाबन्दीको अस्त्र असफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि टिप्पणी गरिसकेका छन् ।
बरू त्यतिबेला नेपालीको ‘दुःखको साथी’ चीनसँग नेपालले महत्त्वपूर्ण सम्झौता गर्यो र पारवाहनमा भारतीय एकाधिकार तोड्न खोजियो । नेपाललाई चीनतर्फ धकेलेको भन्दै भारतमै प्रतिपक्षीले मोदी सरकारको खुलेर आलोचना गरे । छोटकरीमा भन्ने हो भने नाकाबन्दीले भारतले सोचेको परिणाम ल्याएन अर्थात् नेपालमाथि लादिएको ‘जयशंकर डक्ट्रिन’ असफल भयो । अब भारतले नाकाबन्दी वा त्यहीँ स्तरको कुनै अमानवीय हर्कत गर्न सक्ने सम्भावना नरहेको अन्तर्राष्ट्रिय मामिलाका जानकारहरू बताउँछन् ।
तर मोदीको विश्वास पात्रका रूपमा रहेका जयशंकरले नेपालमा निकै सानो रूपमा रहेको संवैधानिक विवादको झिल्कोलाई उचाल्न सक्ने सम्भावना भने छ । एकपटक संविधान संशोधनको ‘च्याप्टर ओपन’ भयो भने नेपालले संवैधानिक स्थिरता गुमाउने सम्भावना रहेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एक नेता बताउँछन् । पुनः एकपटक नेपालको संविधान संशोधन गर्नुपर्ने दबाब आयो भने कुन–कुन प्रावधान संशोधन गर्नुपर्ने हो त्यो नेपालको हातमा नरहने उनको दाबी छ ।
प्रचण्ड अभिव्यक्तिको लाक्षणिक अर्थ
भारतमा जयशंकर मन्त्री बन्ने हल्लाखल्ला बाहिरिएकै बखत नेपालमा सत्तारुढ दलका अध्यक्ष प्रचण्डले प्राइम टेलिभिजनमा पत्रकार ऋषि धमलासँगको कुराकानीमा समान समयावधिका आधारमा आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको खुलासा गरे । सहमति धेरै पहिला बाहिरिइसकेको भएपनि प्रचण्डको ‘टाइमिङ’ महत्त्वपूर्ण थियो ।
छिमेक कूटनीतिका मामिलामा ओलीभन्दा प्रचण्ड एक कदम अगाडिका खेलाडी हुन् । यसअघि पनि भारतको एक टेलिभिजन च्यानललाई अन्तर्वार्ता दिँदै प्रचण्डले आफूलाई ‘वेटिङ प्राइममिनिस्टर’को रूपमा लिए हुने आशय व्यक्त गरेका थिए । जब–जब छिमेकमा केही हलचल हुन्छ, प्रचण्डले त्यो हलचलको बीचमा आफ्नो राजनीतिक ‘स्पेस सेट’ हुने गरी अभिव्यक्ति दिने गरेका छन् ।
मोदीको विशेष दूत बनेर आएका जयशंकरमाथि प्रचण्ड त्यतिबेलै आक्रोशित देखिएपनि केही महिनामै प्रचण्ड–जयशंकरबीचको मनोमालिन्य सामान्य भएर गएको थियो भने ओलीसँगको जयशंकरको तिक्तता कायमै छ तर भारतका लागि नेपालका पूर्व राजदूत दीपकुमार उपाध्द्यायले भने आन्तरिक कुरा आफैंले मिलाउनुपर्ने र बाहिर कसैलाई पनि दोष दिन नहुने बताउँछन् ।
शुक्रवार लोकान्तरसँग कुरा गर्दै उपाध्यायले भने, ‘पार्टीभित्र नै मिल्न सकिरहनुभएको छैन उहाँहरू भने कुन देशमा को मन्त्री बन्छ भनेर विश्लेषण गर्दै हिँड्नु त भएन नि ! मुख्य कुरा आन्तरिक एकता हो । भारतले पनि छिमेक कूटनीतिलाई प्राथमिकतामा राखेको छ र नेपालको पनि प्राथमिकता त्यही हो । भारतमा कोही मन्त्री बन्दैमा नेपालमा त्यति ठूलो हलचल हुनुपर्छ भन्ने मलाई लाग्दैन ।’
विरासतमै प्राप्त कूटनीतिक महारथ !
अहिले भारत र नेपालमा चर्चाका रूपमा रहेका एस जयशंकर आफ्नै बुवा के सुब्रह्मण्यमबाटै विरासतमा कूटनीतिक महारथ प्राप्त भएको हो । जयशंकरका बुवा भारतका विख्यात रणनीतिक विश्लेषक मानिन्छन् । दिल्लीको चर्चित जेएनयू विश्वविद्यालयबाट जयशंकरले विद्यावारिधि गरेका छन् । उनी परमाणु कूटनीतिका जानकार समेत हुन् ।
विदेश विभागमा प्रवेश गरेपछि जयशंकर सबभन्दा पहिला रूसस्थिति भारतीय दूतावासमा जागिर खान गए । त्यसपछि अमेरिकास्थित भारतीय दूतावासमा प्रथम सचिव रहेका जयशंकरसँग श्रीलंकामा भारतीय सेनाको राजनीतिक सल्लाहकारका रूपमा समेत काम गरेको अनुभव छ । त्यसपछि उनी जापान र चेक रिपब्लिकका लागि भारतको राजदूतका रूपमा काम गरेका थिए भने १ वर्षअघि भुटानको दोक्लाममा देखिएको भारत–चीन विवादलाई मत्थर पार्न महत्त्वपूर्ण भूमिका जयशंकरले नै खेलेका थिए ।
भनिन्छ भारतीय लोकसभा निर्वाचनको पूर्वसन्ध्यामा पाकिस्तानको बालाकोटमा भारतले गरेको ‘सर्जिकल स्ट्राइक’का डिजाइनर पनि जयशंकर नै थिए । समग्रमा दक्षिण एसियाली कूटनीतिमा भारतलाई आक्रामक रूपमा प्रस्तुत गर्ने भूमिका जयशंकरको छ । उनी सुष्मा स्वराजको विकल्पमा विदेश मन्त्रालय सम्हाल्ने हैसियतमा पुगेका छन् । यद्यपि लोकसभा निर्वाचन नलडेका जयशंकरले मन्त्री बनेको २ वर्षमा राज्यसभाको चुनाव जित्नैपर्ने हुन्छ ।
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...