प्रभू बैंकको नयाँ शाखा कार्यालय सञ्चालन

जेठ १७, २०७६

काठमाडौं – संघीय संरचनाबमोजिम गठित विभिन्न स्थानीय तहमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याई बैंकको शाखा सञ्जाल विस्तार गर्नुका साथै गाउँगाउँमा बैंकिङ पहुँच पुर्‍याउने क्रममा प्रभू बैंक लिमिटेडले अछाम जिल्लाको साँफेबगर नगरपालिका–३ मा प्रभू बैंकको साँफेबगर शाखा कार्यालय सञ्चालनमा आएको छ ।

साँफेबगर नगरपालिकाका नगर प्रमुख कुलबहादुर कुँवरले एक समारोहका बीच शुक्रवार बैंकको साँफेबगर शाखा कार्यालय उद्घाटन गरेका हुन् ।


ADVERTISEMENT

बैंकको साँफेबगर शाखा कार्यालय उद्घाटन कार्यक्रममा अछाम जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य संंघ अछामका पदाधिकारी, विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय व्यापारी, बुद्धिजीवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो । 

कार्यक्रमका प्रमुख अतिथि साँफेबगर नगरपालिकाका नगर प्रमुख कुलबहादुर कुँवरले उद्घाटन मन्तव्य राख्ने क्रममा प्रभू बैंकले देशका सुगम तथा दुर्गम ठाउँमा पुगेर बैंकिङ पहुँचको दायरा वृद्धि गर्दै आप्mनो गुणस्तरीय सेवा विस्तार गर्दै आएकोमा साँफेबगरमा समेत शुक्रवारैदेखि बैंकले शाखा कार्यालय सञ्चालनमा ल्याएर सरकारी निकाय, व्यापारी, तथा आमसर्वसाधारणलाई सरल सहज रुपमा प्रभू बैंकको गुणस्तरीय बैंकिङ सेवा उपभोग गर्ने अवसर प्रदान गरेको बताए ।

शुक्रवारदेखि सञ्चालनमा आएको बैंकको साँफेबगर शाखा कार्यालयबाट यहाँका स्थानीय सर्वसाधारण, फर्म, कम्पनी तथा संघ संस्थाहरूले प्रभू बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र यस क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

जेठ १७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस