वर्ल्डलिंकको 'नेशनल मार्केटिङ एक्सिलेन्स प्रतियोगिता २०१९' शुरू

जेठ १८, २०७६

काठमाडौं- इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशनस् लिमिटेडले देशका विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीहरूलाई व्यवहारिक अनुभव तथा व्यावसायिकताको ज्ञान दिन पहिलो पटक 'नेशनल मार्केटिङ एक्सिलेन्स प्रतियोगिता २०१९' आयोजना गरेको छ ।

प्रतियोगितामा काठमाडौंबाट ८ वटा कलेज तथा काठमाडौं बाहिरबाट १२ वटा कलेजहरूले सहभागिता जनाएका छन् । जसमा अधिकांश कलेजका विद्यार्थीहरू स्नातक तथा स्नातकोत्तरमा अध्ययनरत छन् । यस प्रतियोगिता जुन १ ,२०१९ बाट शुरू भएर जुन ३० सम्म सञ्चालन हुनेछ ।


ADVERTISEMENT

३० दिनसम्म सञ्चालन हुने यस प्रतियोगितामा सहभागी कलेजका विद्यार्थीहरूले मार्केटिङ तथा सेल्सको अनुसन्धान र अध्ययन गरी रणनीतिहरू बनाउनुपर्ने हुन्छ र सोही रणनीतिहरू प्रतियोगिताको निर्णायक मण्डलसामु प्रस्तुत गर्नुपर्ने हुन्छ । सहभागीहरूलाई विभिन्न ख्याति प्राप्त व्यवसायीहरूद्वारा विभिन्न विधामा २ दिने तालिम प्रदान गरिने छ ।

यस प्रतियोगितामा प्रथम हुने कलेजलाई पुरस्कार स्वरूप २ लाख ५० हजार, दोस्रोलाई एक लाख र र तेस्रोलाई ७५ हजार रुपैयाँ प्रदान गरिने वर्ल्डलिंकले जनाएको छ । 

जेठ १८, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस