नेप्सेमा दोहोरो अंकको पहिरो

जेठ १९, २०७६

काठमाडौं- साताको पहिलो दिन शेयर बजारमा कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १३.७९ बिन्दुले घटेर एक हजार ३०५.६८ अंकमा झरेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.०३ बिन्दुले घटेर २७८.१२ मा झरेको छ । 


ADVERTISEMENT

स्टकका अनुसार कूल १६६ कम्पनीको २० लाख ७८ हजार ९१ कित्ता शेयर ७५ करोड ३२ लाख ५७ हजार २०९ मूल्यमा खरीद बिक्री भए । कारोबार भएका कूल ११ उपसमूहमध्ये आइतवार दुई उपसमूहको मात्रै शेयर वृद्धि भएको छ । त्यसमा होटल १२.६१ र उत्पादन १०.११ बिन्दुले बढेको छ । 

त्यस्तै बैंकिङ १३.७७, विकास बैंक १.२८, जलविद्युत् २२.२८, वित्त २.४८, निर्जीवन बीमा ४२.८३, अन्य १२.४०, लघुवित्त १८.०८, जीवन बीमा ५९.३७ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले घटेको छ । 

स्टकका अनुसार आज प्रिमियर इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ । सो कम्पनीको १३ करोड दुई लाख ५९ हजार ९५४ मूल्यमा खरीद बिक्री भए ।

जेठ १९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस