रिलायन्स लाइफ र सानिमा क्यापिटलबीच शेयर निष्कासन तथा बिक्रीसम्बन्धी सम्झौता

जेठ १९, २०७६

काठमाडौं – रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड र सानिमा क्यापिटल लिमिटेडबीच शेयर सार्वजनिक निष्कासन तथा विक्री प्रबन्ध गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

सर्वसाधारणका लागि जारी गरिने रु. ६३ करोड रकम बराबरकोे शेयरको सार्वजनिक निष्कासन सम्बन्धी सम्पूर्ण कार्य निष्कासन तथा बिक्री प्रबन्धको रूपमा गराउनका लागि रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड र सानिमा क्यापिटल लिमिटेडबीच सम्झौता भएको हो ।


ADVERTISEMENT

सम्झौतामा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र सानिमा क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।

सिद्धार्थ बैंक लिमिटेड लगायत नेपालका केही प्रतिष्ठित घरानाद्वारा प्रबद्र्धित रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड (“कम्पनी”)ले मिति २०७४ मंसिर १ गतेदेखि विधिवत् रूपमा जीवन बीमा व्यवसाय सञ्चालन गर्दै हाल ८८ वटा शाखा/उपशाखा कार्यालयहरूबाट आफ्ना सेवा प्रदान गर्दै आएको छ ।

कम्पनीको अधिकृत पूँजी रु. ३ अर्ब र जारी पूँजी रु. २ अर्ब १० करोड रहेकोमा जारी पूँजीको ३० प्रतिशत हुन आउने रकम रु. ६३ करोड बराबरको शेयर सर्वसाधारणमा सार्वजनिक निष्कासनका लागि छुट्याइएको छ ।

जेठ १९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस