×

NMB BANK
NIC ASIA

बनेपामा आन्तरिक विमानस्थल बन्छः मन्त्री बाँस्कोटा

जेठ १९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काभ्रेपलाञ्चोक-सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले हरेक दिन नयाँ सोच र  काम लिएर अघि बढ्नुपर्ने बताउनुभएको छ ।  बनेपा नगरपालिका–५ स्थित चण्डेश्वरी वनभोजस्थल स्नानगृहको शिलान्यास समारोहलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले हरेक जनप्रतिनिधिले विकास र जनताको सेवाबाहेकका काममा एक मिनेट पनि दायाँबायाँ सोच्न नहुने बताउनभुयो । 
    मन्त्री बाँस्काटाले भन्नुभयो, “हरेक दिन नयाँ सोच र नयाँ कामको पहिचान आजको आवश्यकता हो, हामीले पाँच वर्षभित्र देशको मुहार फेर्नुछ, त्यसैले जनप्रतिनिधिले विकास र जनताको सेवाबाहेक  दायाँबायाँ लाग्न मिल्दैन ।” मन्त्री बाँस्कोटाले गत साल विकासको जग बसालियो, यो साल पिल्लर उठ्नेछ र अर्को साल सुन्दर घर बन्नेछ भन्नुभयो । “विकासको काम आजको आजै देखिन्न, धैर्य गर्नुपर्छ”,  उहाँले भन्नुभयो “आउँदा केही वर्षमै दुई अङ्कको आर्थिक वृद्धिदर पुग्नेछ ।” 
    मन्त्री बाँस्कोटाले विकासको काम कुनै दलविशेष मात्र नहुने बताउनुभयो । एक फरक प्रसङ्गमा उहाँले नेपालमा दुईखाले शिक्षाको आवश्यकता नरहेको बताउँदै सार्वजनिक शिक्षा सुधार भइसकेपछि एकै प्रकारको शिक्षा हुने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “दीर्घकालीन महत्वको सार्वजनिक शिक्षा सुधार भएको दिन, निजी शिक्षा आफैँ निष्क्रिय हुनेछ ।” 
    उहाँले पत्रकारको काम समाचार सङ्कलन÷संप्रेषण भएकाले भ्रष्टाचारविरुद्ध डटेर लाग्न र सरकारले कानूनविपरीत नकारात्मक काम गरेमा  आलोचना गर्न आग्रह गर्नुभयो । 
    मन्त्री बाँस्कोटाले बनेपा नगरपालिकालाई प्रत्येक वडामा वृद्धवृद्धा मिलन केन्द्र स्थापना गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “हाम्रा मौलिक संस्कार–संस्कृति लोप हुँदै गए, अब वृद्धवृद्धाबाट सिक्न मिलन केन्द्र स्थापना जरुरी छ ।” उहाँले बनेपामै सेक्यूरिटी प्रिन्टिङ पे्रस निर्माणार्थ बजेट विनियोजन भइसकेको जानकारी दिँदै बनेपामै आन्तरिक विमानस्थल बनाइछाड्ने दृढता पनि व्यक्त गर्नुभयो । “म पहिलाजस्तो कसैले रोकेर रोकिन्न, बनेपामा आन्तरिक विमानस्थल बन्छ बन्छ, तपाईँहरु ढुक्क हुनुहोस्”, उहाँले आश्वासन दिनुभयो ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x