कात्तिक २८, २०८०
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
भद्रपुर – अर्जुनधारा नगरपालिकाले महिला स्वयंसेविकालाई जनताको घरघर पठाएर घरधुरी कर उठाउन शुरू गरेको छ ।
११ वडा रहेको नगरपालिकामा ३५ स्वयंसेविका घरघर पठाएर नगरले बनाएको मापदण्डअनुसार घरधुरी कर उठाउन जेठ १४ गतेबाट शुरू गरेको कार्यालयका सूचना अधिकृत डेनजनी आचार्यले बताए ।
उनका अनुसार गत वर्षदेखि नै घरधुरी कर लिने ९ प्रकारको मापदण्ड बनाएर नगरपालिकाले जनताकै घरमा पुगेर कर उठाउन थालेको हो । उनले फुसको साधारण घरको २० रुपैयाँ, टिनको छानो सेन्ट्रल बेरा गरिएको १ तलाको ६० रुपैयाँ, टिनको छानो १ तला पक्कीको ८० रुपैयाँ, पहिलो तला ढलाइ गरिएको र दोस्रोमा टिनको छानो लगाएकोमा १ सय ५० रुपैयाँ, पक्की घर एकतलाको १ सय ५० रुपैयाँ, २ तलेको २ सय २० रुपैयाँ, ३ तलेको ३ सय रुपैयाँ, ४ तले भएमा ४ सय ५० रुपैयाँ र ४ तलाभन्दा माथि भएमा ६ सय रुपैयाँका दरले घरधुरी कर उठाउने गरिएको बताए ।
उनले अन्य नगरपालिकाले एकीकृत सम्पत्ति कर र सम्पत्ति कर लगाए पनि अर्जुनधारा नगरपालिकाले भने मालपोत र घरधुरी कर मात्र लगाएको बताए । मालपोत भने जनताले आ–आफ्नै वडामा तिर्ने गरेका छन् ।
स्वयंसेविका गाउँका कुना कुनासम्म पुगिरहेका र सबैसँग परिचित हुने हुँदा उनीहरूलाई दैनिक १ हजार रुपैयाँ भक्ताको व्यवस्था गरेर काममा लगाइएको सूचना अधिकृत आचार्यले बताए ।
विक्रम संवत् २०६८ को जनगणनाअनुसार ६० हजार २ सय ४ जनसंख्या अर्थात् हाल ७० हजार बढी जनसंख्या र १३ हजार १३६ घरधुरी रहेको छ । वडा नम्बर ६ मा खटिएकी तुलसा कुँवरले दैनिक ४५ घर परिवारकोमा पुगेर अनिवार्य घरधुरी कर उठाउन नगरले नियम बनाएको बताए । उनले सोही नियमअनुसार नै घरमूली भेटिने समय पारेर आफूहरूले काम गरिरहेको बताए ।
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...