लक्ष्मी बैंकको वर्ल्डकप योजना

जेठ २०, २०७६

काठमाडौं- लक्ष्मी बैंकले ctrl 0 नामक डिजिटल माध्यमबाट खाता खोल्ने ग्राहकहरूका लागि विशेष योजना शुरू गरेको छ । f1 soft सँगको सहकार्यमा सञ्चालित सो योजना अन्तर्गत हाल जारी आईसीसी विश्वकप २०१९ को अवधिभर ctrl 0 बचत खाता खोल्दा ग्राहकहरूले ५ सय रुपैयाँ  बराबरको मोबाइल ब्यालेन्स प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । 

ग्राहकले बैंकको वेवसाइटमा गई अनलाइन खाता खोल्ने निवेदन दिन सक्नेछन् । त्यसलाई आधिकारिकता दिन एक पटकको लागि बैंकको नजिकैको शाखामा जानुपर्ने हुन्छ । 


ADVERTISEMENT

लक्ष्मी बैंकले कागजरहित बैंक खाता खोल्न अभिप्रेरित गर्ने उद्देश्यले यो योजना सार्वजनिक गरेको हो । यसबाट विद्युतीय कारोबारलाई समेत सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । 

वर्ल्डकप विशेष योजना वातावरणमैत्री बैंकिङ प्रणाली अवलम्बन गर्नेतर्फ यो अर्को कदम भएको बैंकले बताएको छ । यस योजनाले वातावरणमा कार्बन फुटप्रिन्टमा कमी आउने र जिम्मेवार एवं दिगो व्यवसायलाई सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

लक्ष्मी बैंकले सञ्जाल ४७ जिल्लामा १०६ शाखा, २ एक्स्टेन्सन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १२८ एटीएम, २५ सयभन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ५८ शाखारहित बैंकिङ एजेन्टमार्फत सेवा प्रदान गर्दै आएको छ । 

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, बीमालगायतका वित्तीय सेवाहरूको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरूमा आक्रामक रूपमा सेवा विस्तार गर्दै आएको छ ।

जेठ २०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार