×

NMB BANK
NIC ASIA

गैससमाथि लगाम

अन्तर्राष्ट्रिय सहायता नीति : अनुदान रकमबाट विदेश घुमघाम गर्न निषेध

जेठ २०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – सरकारले अन्तर्राष्ट्रिय विकास सहायता रकममार्फत विदेश घुमघाम गर्न निषेध गरेको छ ।

Muktinath Bank

‘अन्तर्राष्ट्रिय विकास सहायता नीति २०७६’ कार्यान्वयनमा ल्याउँदै सरकारले वैदेशिक सहायतामार्फत प्राप्त रकमबाट विदेश भ्रमण गर्न नपाइने व्यवस्था गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नीतिको भाग ३ मा सहुलियतपूर्ण ऋण सहायता सम्बन्धी व्यवस्थामा भौतिक पूर्वाधार, कृषि र पर्यटन पूर्वाधारजस्ता आर्थिक वृद्धि उच्च पार्न सहयोग पुर्‍याउने सीप विकास तथा रोजगारी सिर्जना गर्ने र निर्यात क्षमता बढाई वैदेशिक मुद्रा आर्जन गर्ने क्षेत्रमा सहुलियतपूर्ण ऋणको उपयोग गरिने उल्लेख गरिएको छ ।


Advertisment
Nabil box
Kumari

ऋण सहायताबाट हुने परामर्श सेवा र सवारीसाधन खरिद खर्च न्यूनीकरण गरिने र ऋण सहायताबाट विदेश भ्रमण खर्च नगरिने उल्लेख गरिएको छ ।

Vianet communication
Laxmi Bank

नीतिको भाग ४ मा संघीय ढाँचामा अन्तर्राष्ट्रिय विकास सहायता परिचालन सम्बन्धी व्यवस्था गरिएको छ । सोअनुसार अनुदान सहायता र प्राविधिक सहायताका हकमा अर्थ मन्त्रालयले वित्तीय सम्झौता गरी कार्यान्वयनका लागि प्रदेशमा पठाइने उल्लेख गरिएको छ । स्थानीय तहमा सञ्चालन हुने आयोजनाका हकमा अर्थ मन्त्रालयले सम्झौता गरी कार्यान्वयनका लागि स्थानीय तहमा पठाउन सक्ने व्यवस्था गरेको छ ।

नीति कार्यान्वयनका लागि सरकारले अर्थमन्त्रीको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गर्ने व्यवस्था गरिएको छ । समितिमा योजना आयोगका उपाध्यक्ष, प्रधानमन्त्री कार्यालयका सचिव लगायतका व्यक्ति सदस्य छन् ।

अन्तर्राष्ट्रिय दाताबाट प्राप्त भएको अनुदान सहायताका प्राथमिकता समेत निर्धारण गरेको छ । भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिएको छ । नीतिमा उल्लेख गरिएअनुसार अन्तर्राष्ट्रिय अनुदान सहायताबाट प्राप्त भएको रकम शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, राष्ट्रिय उत्पादन र उत्पादकत्व वृद्धि लगायतलाई प्राथमिकता दिइएको छ ।

रोजगार सिर्जना र गरीबी निवारण, विज्ञान तथा प्रविधिको विकास र हस्तान्तरण, वातावरण संरक्षण र जलवायु परिवर्तन लगायतलाई समेत प्राथमिकता दिनुपर्ने नीतिमा उल्लेख छ ।

नीतिको पूर्णपाठ :-

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x