×

NMB BANK
NIC ASIA

काठमाडौं – सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक जेठ ५ यता आधा दर्जनभन्दा बढी पटक स्थगित भएको छ ।

Muktinath Bank

गृहकार्य नपुगेको भन्दै पटक–पटक स्थगित गरिने सचिवालय बैठक बस्न नसक्दा पोलिटब्यूरो र विभाग गठन अन्योलमा परेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोमवार बस्ने भनिएको बैठक पनि अन्तिम समयमा आएर स्थगित गरिएको छ । पार्टी शीर्ष नेतृत्व तहमै एकआपसमा विवाद बढ्दै गएपछि बैठक बस्न नसकेको स्रोत बताउँछ । पछिल्लो समयमा नेकपाभित्र देखिएको ‘आलोपालो प्रधानमन्त्री’ प्रकरणपछि अध्यक्षद्वय बीचकै सम्बन्ध धमिलिएको छ ।


Advertisment
Nabil box
Kumari

गत जेठ ३ गते जनवर्गीय संगठनको नेतृत्वको छिनोफानोपछि सचिवालय बैठक बसेको छैन । जेठ ३ गते नै जनवर्गीय संगठनसँगै पोलिटब्यूरो र विभाग गठन गर्ने कुरा पनि अन्तिम समयमा आएर भाँडिएको थियो । त्यसपछि जेठ ५ गते बैठक बसेर एकताका बाँकी कामहरू पूरा गर्ने भनिएको थियो तर एकैदिन २ पटकसम्म बैठक स्थगित भयो । 

Vianet communication
Laxmi Bank

विभागमा विवाद !

गत जेठ ३ गते जनवर्गीय संगठनहरूको नेतृत्व टुंगो लगाएको नेकपा यतिबेला केन्द्रीय विभाग र पोलिटब्यूरो गठनको तयारीमा जुटेको छ तर शीर्ष नेताहरूबीच नै विवाद देखिएपछि गठनको प्रक्रिया अल्झिएको छ । 

पार्टीका महत्त्वपूर्ण विभागहरू सचिवालय सदस्यले लिने गरेर कार्यविभाजन गर्ने तयारी भएको भएपनि कसले के लिने भन्ने विषयमा अहिलेसम्म सहमति जुट्न सकेको देखिँदैन । बरू पार्टीभित्र महत्त्वपूर्ण मानिने संगठन विभागमा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अलग–अलग नाम अघि सारेको कुरा नेकपा वृत्तमा चर्चा भएको थियो । यसबाट अध्यक्षद्वयबीच नै महत्त्वपूर्ण विभागको नेतृत्व कसले गर्ने भन्नेमा विरोधाभास सिर्जना भएको देखिएको छ । 

स्कूल विभाग र प्रचार विभागमा पनि नेताहरूबीच परस्पर विरोधी मान्यता रहेको देखिएको छ । अध्यक्ष ओलीले स्कूल विभागमा ईश्वर पोखरेललाई ल्याउन चाहेका छन् भने अर्का अध्यक्ष प्रचण्डले नारायणकाजी श्रेष्ठको नाम अघि सारेको स्रोतले बताएको छ । अन्तर्राष्ट्रिय विभागमा माधवकुमार नेपालको नाम सर्वसम्मत हुने सम्भावना देखिएको छ भने आर्थिक विभागमा अझै नाम टुंगो लागिसकेको छैन ।

पार्टीभित्र संगठन विभाग, स्कूलिङ विभाग, विदेश विभाग, प्रचारप्रसार विभाग र आर्थिक विभाग महत्त्वपूर्ण मानिन्छन् । यी विभागको नेतृत्व सचिवालय सदस्यले गर्ने विषयमा भने मोटामोटी सहमति भएको छ तर कसले कुन विभागको नेतृत्व गर्ने भन्नेमा शीर्ष नेताबीच सहमति हुन सकेको छैन । 

यस्तो छ पोलिटब्यूरो गठनको नालीबेली 

गत जेठ ३ गते मदनआश्रित स्मृति दिवसका दिन पोलिटब्यूरो गठन गर्ने तयारी थियो तर अन्तिम समयमा अध्यक्ष दाहालले तयारी नपुगेको भन्दै सदस्यको नाम दिन सकेनन् । त्यसयता सचिवालय बैठक पनि बस्न सकेको छैन । त्यसपछि ५ गते आइतवार सहमति जुटाउने भन्दै सचिवालय बैठक बस्ने तयारी गरिएको थियो तर सदस्य छान्न अझै कठिनाइ भएपछि प्रचण्डकै आग्रहमा सचिवालय बैठक बसेन ।

पार्टी विधानको धारा १८ को (घ) को २ मा स्थायी कमिटीसहित केन्द्रीय कमिटीको कूल सदस्य संख्याको बढीमा एकतिहाइ सदस्यको पोलिटब्यूरो गठन गर्न सकिने व्यवस्था छ । पूर्व माओवादीभित्र आकांक्षी धेरै भएकाले पोलिटब्यूरो गठन गर्न प्रचण्डलाई सकस परेको हो । १ सय ४७ सदस्य रहने पोलिटब्यूरोमा पूर्व एमालेबाट ८१ र पूर्व माओवादीबाट ६६ जना रहने सहमति भइसकेको छ । पूर्व एमालेमा खासै ठूलो विवाद नरहेको भएपनि पूर्व माओवादीमा २ दर्जन नाम विवादमा परेका छन् ।

पार्टीले आधिकारिक रूपमा निर्णय गर्नुअघि नै ४७ जनाको नाम सार्वजनिक भएपछि असन्तुष्टि जनाउनेको संख्या बढेको छ । छनोटमा नपरेका १३ जनाहरूले निरन्तर अध्यक्ष प्रचण्डलाई भेटेर असन्तुष्टि जनाउन थालेपछि प्रचण्ड नाम पुनः सच्याउन तयार देखिएका छन् ।

नारायण शर्मा पौडेल, तिलक परियार, टंक आङबुहाङ, गंगा कार्की, पुष्पविक्रम मल्ल, रामकुमार शर्मा, कुमार पौडेल, मुक्ति प्रधान, वामदेव क्षेत्री, कमल चौलागाई, लेखनाथ न्यौपाने, इन्द्र आङ्बो, लक्ष्मण पन्तलगायत छनोटमा नपरेपछि असन्तुष्टि जनाइरहेका छन् ।

पूर्व एमालेमा भने सूचीमा नपरेका भनिएका राजेन्द्र राई र ठाकुर गैरे थप आकांक्षी देखिएका छन् । सूचीमा परेका विजय सुब्बा र गौरी ओलीलाई हटाएर राई र गैरेलाई राख्ने विषयमा छलफल चलिरहेको छ, यद्यपि अन्तिमसम्म निष्कर्षमा पुग्न सकेको छैन । 

पार्टीभित्रको पछिल्लो आलोपालो विवाद 

प्रधानमन्त्री ओली भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालका लागि दिल्लीमा आयोजित सपथग्रहण कार्यक्रममा भाग लिन गएको बेला अध्यक्ष प्रचण्डले पार्टी एक हुँदाको पुरानो सहमतिको उप्काएर अबको १ वर्षमा आफू प्रधानमन्त्री हुने सार्वजनिक गरिदिए । सहमतिको चौथो बुँदामा समान समयावधिका आधारमा आलोपालो सरकारको नेतृत्व गर्ने उल्लेख छ ।

यद्यपि सहमति पहिलोपटक बाहिरिएको भने होइन । प्रचण्डले पुरानै सहमतिका बुँदा स्मरण गरेर राजनीतिक तलाउमा एउटा ठूलो ढुंगा फ्याँके । त्यसबाट सिर्जित तरंगले केही दिनयता नेपालको राजनीतिक वृत्तमा हलचल निम्त्यायो ।

जवाफमा प्रधानमन्त्री ओलीले दिल्लीबाटै शुक्रवार सञ्चारकर्मीसँग कुनै नौलो सहमति नभएको बताए । तपाईं अब १ वर्ष मात्र प्रधानमन्त्री भन्दै सोधिएको अर्काे प्रश्नमा ओलीको आक्रोश देखियो । उनले आफू ४/५ दिनको प्रधानमन्त्री रहेको जवाफ दिए । स्वदेश फर्किने क्रममा जहाजमै प्राइम टेलिभिजनका ऋषि धमलालाई अन्तर्वार्ता दिएका प्रधानमन्त्री ओलीसँग जब सरकारको आयूका बारेमा प्रश्न सोधियो, उनको अनुहार आक्रोशित देखिन्थ्यो तर आफूलाई संयमित देखाउने प्रयास गरे । जहाजमा ओलीले आफू ४/५ महिनाको प्रधानमन्त्री हुने बताए ।

स्रोतका अनुसार सोमवारको सचिवालय बैठक बस्न नसक्नुमा २ अध्यक्षबीच सिर्जना भएको आलोपालो विवाद नै हो । प्रचण्डले गलत समयमा ‘आलोपालो’को बखेडा झिकेको ओली समूहको बुझाइ छ । यही विवादलाई सल्ट्याउन आइतवार दिउँसो बालुवाटारमा वरिष्ठ नेता नेपाल र महासचिव पौडेलसहित अध्यक्षद्वय छलफलमा जुटेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x