महिन्द्रा इलेक्ट्रोनिक्स सवारीको निःशुल्क सर्भिस क्याम्प सञ्चालनमा

जेठ २१, २०७६

ललितपुर- अग्नि ग्रुपललितपुरको कुपन्डोलमा आफ्नो सर्भिस सेन्टरबाट तीन दिने निःशुल्क सर्भिस क्याम्प सञ्चालन गरेको छ ।

'विश्व वातावरण दिवस २०१९' को अवसरमा कम्पनीले निःशुल्क सर्भिसिङको व्यवस्था मिलाएको हो । निःशुल्क सर्भिस यही जुन महिनाको ५ तारिखदेखि ७ तरिखसम्म रहने कम्पनीले जनाएको छ । 


ADVERTISEMENT

अग्नि इनर्जीको निःशुल्क सर्भिस क्याम्पबाट जेन्यून स्पेयरपार्ट तथा गुणस्तरीय सेवा उपलब्ध हुने छ । यहाँबाट ग्राहकलाई सवारी सञ्चालन सम्बन्धी उचित सल्लाह पनि प्रदान गरिनेछ ।

सर्भिस सेन्टरबाट सम्पूर्ण विद्युतीय सवारी reva, e2o, eVerito तथा eSupro गाडीहरूको सर्भिसिङ हुने छ । 

'विद्युतीय सवारीका वातावरणमा तथा मानिसका लागि थुप्रै फाइदाहरू छन्, विद्युतीय सवारी पेट्रोल र डिजेल सवारीको तुलनामा कम मर्मत खर्च लाग्दछ, साथै विद्यूतीय सवारीबाट १ किलोमिटर दुरीको लागि जम्मा एक रुपैयाँ खर्च हुन्छ, जुन कुरामा आम उपभोक्ताहरू अनभिज्ञ प्रायः हुनुहुन्छ,' अग्नि इनर्जीका वरिष्ठ कार्यकारी प्रबन्धक प्रमोद भण्डारीले भने । 

अग्निले बिक्रीपछिको उत्कृष्ट सेवा तथा अन्तर्राष्ट्रिय ब्राण्ड अनुभव प्रदान गर्दै आएको छ । यस सर्भिस क्याम्पले ग्राहक र कम्पनीबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने छ भने आगामी दिनहरूमा ग्राहक तथा वातावरणलाई विशेष लाभ पुग्ने विश्वास कम्पनीले लिएको छ । 


 

जेठ २१, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस