×

NMB BANK
NIC ASIA

बुटवल – बुटवलका ऐतिहासिक तथा पर्यटकीय क्षेत्र र सबै बस्तीलाई सडक सञ्जालमा जोड्ने गरी बुटवल उपमहानगरपालिकाले चक्रपथ दशैंअघि नै निर्माण पूरा हुने भएको छ ।

Muktinath Bank

उपमहानगरका १९ वटै वडा र छिमेकका अरु स्थानीय तह समेतलाई सञ्जालमा जोड्ने गरी वाइपास सहितको चक्रपथ निर्माण भइरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आउँदो दशैंसम्ममा नगर बस सञ्चालन गर्ने गरी चक्रपथ निर्माणको काम चलिरहेको छ । उपमहानगरका १९ वटै वडामा सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने, सबै बस्तीलाई शहरसँग जोड्ने तयारी स्वरुप चक्रपथ निर्माण थालिएको नगर प्रमुख शिवराज सुवेदीले बताए ।


Advertisment
Nabil box
Kumari

चक्रपथलाई बुद्धबल्लीको जितगढी हुँदै लुम्बिनी र विमानस्थलसम्मका सिधा सडकसँग समेत जोड्ने र आन्तरिक वाइपासलाई पनि यहीँ सडक सञ्जालमा जोड्ने गरी निर्माण भइरहेको प्रमुख सुवेदीले बताए । 

Vianet communication
Laxmi Bank

बस्ती तथा बजार क्षेत्र र खुला क्षेत्रलाई जोड्दै निर्माण भइरहेको चक्रपथले बुटवलका पार्क, खुला चौर, शैक्षिक क्षेत्र, अस्पताल तथा स्वास्थ्य संस्था, कृषि फार्म, औद्योगिक क्षेत्र, बैंकिङ क्षेत्र, खेलमैदान, सामुदायिक तथा साझेदारी वन र नदी तटका बस्तीलाई सञ्जालमा जोड्ने गरी निर्माण भइरहेको प्रमुख सुवेदीले बताए । यसका अतिरिक्त केही स्थानमा हरियाली सहितको पदमार्गसमेत बनाइने छ ।

४० किलोमिटर लम्बाईको चक्रपथले ऐतिहासिक सम्पदा बुटवल जितगढी किल्ला, पुरातात्विक शहरका रुपमा विकास गर्न लागिएको पुरानो बुटवल हुँदै तिनाउ र दानव वारीपारीका सबै क्षेत्रलाई सडक सञ्जालमा जोड्ने छ ।

गोलपार्कबाट शुरू हुने चक्रपथले पुरातात्विक शहरका रुपमा संरक्षण भइरहेको पारी बुटवल हुँदै ऐतिहासिक मणिमुकुन्द सेन उद्यान क्षेत्र, जितगढी हुँदै चुरेको फेदीबाट जवई मैदानसम्म पुग्ने छ । गोलपार्क पुलचोकमा नयाँ पक्की पुल निर्माण कार्य पूरा भइसकेको छ भने त्यसबीचमा पर्ने विभिन्न ठाउँमा कल्भर्ट निर्माण भइसकेका छन् । जवाई मैदानलाई बुटवलले प्रदेश सरकारको सहकार्यमा अन्तर्राष्ट्रिय स्तरको स्टेडियम बनाइरहेको छ ।

जवई खेल मैदानमा पुगेको चक्रपथलाई मिलनपार्क हुँदै बुटवल ग्लोबल पीसपार्कसम्म पुर्‍याइने छ । यी दुबै यहाँका शान्ति र मनोरञ्जनका महत्त्वपूर्ण क्षेत्रका रुपमा विकास भएका पार्कहरू हुन् । मिलनपार्कलाई उपमहानगरकै नमूना पार्क बनाउने गरी काम भइरहेको वडा नम्बर १२ का अध्यक्ष दुर्गा सुवेदीले बताए ।

पीसपार्कबाट अगाडि बढेको सडक सोइलहार, सैनामैना नगरपालिकाको सिमाना कर्साघाट हुँदै रतनपुर, डहरगाउँबाट ऐतिहासिक नरैनापुर धाम क्षेत्रमा पुग्ने छ । कर्साघाटमा पुल निर्माणको काम चलिरहेको छ भने सोही ठाउँमा बुटवल उपमहानगर र सैनामैनालाई जोडेर केन्द्रीय स्तरको कृषि उपज केन्द्र बनाउने तयारी स्वरुप डीपीआर बनिरहेको छ ।

नरैनापुरलाई बुद्धबलीको (बुद्ध खेल्ने, डुल्ने र हिँड्ने ठाउँ) महत्त्वपूर्ण ठाउँ र पशुपतिनाथभन्दा पनि पुरानो धामका रुपमा लिइन्छ । यहाँ धाममा अध्यय्न केन्द्र सहितको भ्यू टावर बनाउने र त्यसलाई सिमसार क्षेत्र कपरकट्टी ताल (बैठौलियाको नरेश्वर ताल नाम प्रस्ताव गरिएको) सम्म जोडेर गुरुयोजना बनिरहेको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।

चक्रपथले नरेनापुर धाम र कपरकट्टी ताल हुँदै त्यहाँका पुराना बस्ती केद्ली डाँडा, हिरा चोक हुँदै फर्साटिकर रोडमा जोडिने छ । फर्साटिकर रोड बुटवल–बेलबास–बेथरी सडकमा जोडिएको विमानस्थल र लुम्बिनी जाने वाइपास सडक हो । यहीँ सडकले वडा नम्बर १३ को नुवाकोट गढी प्रवेशद्वार हुँदै अगाडि बढेको १३ का अध्यक्ष नारायणप्रसाद पुनले बताए ।

बस्तीमा सार्वजनिक यातायात पुर्‍याउने र त्यसका माध्यमबाट कृषि उपजको बजार विस्तार, बुटवलको भिडभाडलाई कम गर्ने विश्राम स्थलका रुपमा विकास गर्नका लागि चक्रपथ निर्माण गरिएको प्रवक्ता रेग्मीले बताए ।

फर्साटिकर रोडमा जोडिएको चक्रपथलाई बाझापुर, विनायकपुर, भाटा, मनोहरापुर, सातकुला हुँदै मोतिपुर चोकमा लगिएको छ । मोतिपुर पुरानो बस्ती र खेतीयोग्य क्षेत्र भएको ठाउँ हो । मोतिपुरदेखि झण्डापुर, हरिहरपुर, रानीगञ्ज हुँदै योगिकुटीको तिलोत्तमा घाट (मगरघाट) मा जोडिने छ । तिलोत्तमा घाटमा पुलको निर्माण कार्यसम्पन्न भइसकेको छ । 

योगीकुटीचोक हुँदै रामनगर पुगेको चक्रपथलाई आम्दा अस्पताल, शिवनरग वन क्षेत्रबाट हिलपार्क गेटसम्म पुर्‍याइएको छ । हिलपार्कलाई बुटवलले बुद्धपार्कका रुपमा विकास गरिरहेको छ । विशाल बुद्धमुर्ती सहितको ध्यान केन्द्र बनाउने तयारी स्वरुप डीपीआर बनाउने काम चलिरहेको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले जानकारी दिए । 

हिलपार्क जोड्दै अगाडि बढेको सडकले चन्द्रनगर, आदर्शनगर र लक्ष्मीनगर पनि जोड्ने छ । लक्ष्मीपार्कलाई गुरुयोजनासहित उच्च स्थानको विशेष पार्कका रुपमा विकास गर्न लागिएको वडा नम्बर ४ का अध्यक्ष टंक पराजुलीले बताए  । 

चक्रपथको पहिलो चरणको कामका लागि ५० करोड लागत अनुमान गरिएको छ । यद्यपि नगर यातायात गुरुयोजना भने कम्तिमा डेढ अर्ब बराबरको छ । चक्रपथको हालसम्म ३० प्रतिशत काम पूरा भइसकेको र ट्रयाक खोल्दै पीच र ग्राभेलका काम चलिरहेका छन् । 

करीब १२ वटा कल्भर्ट मध्ये ६ वटाको निर्माण पूरा भइसकेको छ । २ ठूला नदीमा पुल निर्माण भइसकेका छन् भने सेमलारमा पुल निर्माणको काम चलिरहेको छ । कम्तीमा २ वर्ष भित्रमा चक्रपथ निर्माण पूरा गर्ने गरी काम भइरहेको उपमहानगरका योजना प्रमुख वरिष्ठ अधिकृत ईन्जिनियर सुमन श्रेष्ठले बताए । प्रदेश सरकारले भने एउटै योजनामा २ वटा सरकारको थोरै–थोरै बजेट लगाउनुभन्दा एउटै सरकारले सम्पन्न गर्ने गरी काम गर्ने इच्छा देखाएको श्रेष्ठको भनाइ छ ।

बुटवलको अलग्गै नगर यातायात गुरुयोजना 

बुटवल उपमहानगरले नगर यातायात गुरुयोजना नै निर्माण गरेर चक्रपथ बनाउन बजेट छुट्याएको थियो । हालसम्म ग्राभेल र पीचसमेत गरी करीब ५ करोड बराबरको काम भइसकेको छ । यसमा जनसहभागितासमेत जोडिएको छ । चक्रपथ र पैदलपथको प्राविधिक अध्यय्न तथा परामर्शको काम नेस्ट र इकोकोड नामका कम्पनीका प्राविधिकको सहकार्यमा भएको थियो ।

गुरुयोजनाका लागि २ अर्ब ४३ करोड ३४ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । यसमा बसपार्कदेखि विश्रामस्थल र ग्यारेजसम्मको योजना छ । १ वर्ष लगाएर यो नगर गुरुयोजना बनेको थियो ।

उपमहानगरपालिकाले २ वर्षदेखि चक्रपथ निर्माणका लागि बजेट छुट्याएर सडक निर्माणलाई तीब्रता दिएको छ । अबको कम्तीमा ६ महिनामा धेरै स्थानमा नगर माइक्रो बस सञ्चालन गर्न मिल्ने गरी सडक निर्माणको काम अगाडि बढेको छ ।

अघिल्लो आवमा उपमहानगरले १ करोड बजेट छुट्याएर सडक निर्माण गरेको थियो । चालू वर्ष उपमहानगरले वडा नम्बर १२, १३ मोतीपुर सेमलार क्षेत्रका लागि २ करोड रुपैयाँ चक्रपथका लागि छुट्याएको थियो । यसको काम अहिले भइरहेको छ ।

यसैगरी प्रदेश सरकारले बुटवल वडा नम्बर ११ र १३ का लागि ५० लाख रुपैयाँ बजेट छुटाएको थियो । उपमहानगरभित्र १ सय ९३ सडक रहेको र अधिकांश कालोपत्रे भइसकेको योजना, अनुगमन तथा मूल्यांकन महाशाखाका प्रमुख शिवनारायण शाहले जानकारी दिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x