साढे तीन अंकले घट्यो नेप्से

जेठ २१, २०७६

काठमाडौं- शेयर बजारमा कारोबार मापक नेप्से परिसूचक ओरालो लाग्ने क्रम मंगलवार पनि जारी रह्यो । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ३.५६ बिन्दुले घटेर एक हजार २८९.२८ अंकमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६२ बिन्दुले घटेर २७४.८६ बिन्दुमा कायम भएको छ । 


ADVERTISEMENT

स्टकका अनुसार कूल १७२ कम्पनीको २२ लाख ५२ हजार ५४६ कित्ता शेयर ७१ करोड ५४ लाख ७८ हजार ६१२ मूल्यमा खरीद बिक्री भए । 

कारोबार भएका १२ उपसमूहमध्ये आज चार उपसमूहको शेयर उकालो लागेको छ भने आठ उपसमूहको शेयर भने घटेको छ । होटल ३२.६७, विकास बैंक २.४९, वित्त ०.४ र उत्पादन उपसमूह ४१.०२ बिन्दुले बढेको छ । त्यस्तै बैंकिङ २.८७, व्यापार २.५३, जलविद्युत् ७.७९, निर्जीवन बीमा ५५.०३, अन्य ५.०२, लघुवित्त १२.४०, जीवन बीमा २५.९५ र सामूहिक लगानी कोष ०.०२ बिन्दुले घटेको छ । 

जेठ २१, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस