×

NMB BANK
NIC ASIA

‘विप्लव’ समूहदेखि राजासम्म अट्ने नयाँ राजनीतिक प्रणाली स्थापना गरौं : कमल थापा

जेठ २१, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

बुटवल- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा सबै शक्ति अटाउने गोलमेच सम्मेलन गर्न आवश्यक रहेको बताएका छन् ।

Muktinath Bank

राप्रपा प्रदेश नम्बर पाँचको कार्यालय मंगलवार बुटवलमा उद्घाटन गर्दै अध्यक्ष थापाले नेत्र विक्रम चन्द ‘विप्लव’ समूहदेखि राजासम्म अट्ने गरी गोलमेच सम्मेलन गरी स्थायी राजनीतिक प्रणाली स्थापना गर्न आवश्यक देखिएको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले भने, ‘१२ वर्ष अगाडि माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन मुलुकले धेरै मूल्य चुकायो । फेरि माओवादी फेरि अर्को माओवादी पुर्नउत्थान हुँदैन । मुलुक द्वन्द्वमा फस्नबाट बचाउन राजसंस्थासहितको लोकतन्त्र स्थापना गर्न गोलमेच सम्मेलन गर्न आवश्यक छ,’ अध्यक्ष थापाले थपे, ‘पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्र कायम गरौं । संघीयतामा सुधार गरी स्थानीय तहलाई बढी अधिकार दिऔं । अल्प संख्यक धर्मको संरक्षण गरौं । यो नै नेपालको लागि मध्यमार्गी र सही विकल्प हो ।’


Advertisment
Nabil box
Kumari

पूर्वमन्त्री समेत रहेका थापाले नेपाल धर्मनिरपेक्ष घोषणा भएपछि विश्वकै १ नम्बरमा इसाइकरण हुने मुलुक बन्न पुगेको दाबी गरे । ‘९४ प्रतिशत ओमकार परिवारमा आबद्ध नेपाली भएको मुलुकमा तीव्र गतिमा धर्म परिवर्तन भएर इसाइकरण हुने पहिलो मुलुक बनेको छ । यसले राष्ट्रियता संकटमा परेको छ । सामाजिक सद्भाव खल्बलिएको छ । मुलुक धार्मिक द्वन्द्वमा जाने खतरा देखिएको छ ।’

Vianet communication
Laxmi Bank

थापाले मुलुक सामु ६ वटा चुनौती र समस्या आइपरेको दाबी गरे । मुलुकमा धर्मनिरपेक्षता, संघीयता र गणतन्त्र आएपछि गरीबी र बेरोजगारी, भ्रष्टाचार, धर्म र संस्कृतिमाथि आक्रमण, राष्ट्र विखण्डनको चुनौती, लोकतन्त्रको आवरणमा सर्वसत्तावाद, नयाँ रूपमा माओवादी शक्तिको पुन:उत्थान मुलुकमा नयाँ चुनौती देखिएको दाबी गरे । 

उनले सरकारले हालै ल्याएको बजेट आफ्ना नेता कार्यकतालाई पोस्ने वितरणमुखी भएको दावी समेत गरे । उनले भने, 'मुलुकको अर्थतन्त्र विप्रेशणबाट चलेको छ । राजश्व बजेटले बेरोजगारी हटाउने कुनै योजना छैन । केवल आफ्ना नेता कार्यकर्ता र आसेपासेलाई रातारात करोडपति बनाउने बजेट वितरणमुखी छ ।’

थापाले आउँदो निर्वाचनबाट आफूहरू राम्रो शक्तिका साथ उदाउने दाबी समेत गरे । 'हामीले छिमेकी (भारत)को निर्वाचनबाट पनि प्रेरणा लिन सकिन्छ । त्यहाँ २० वर्ष अगाडि २ सिट मात्र रहेको पार्टी दुई पटक सत्ताको नेतृत्वमा पुग्दैछ । हाम्रो पनि नीति र स्पष्ट छ । आउँदो निर्वाचनमा हामी पनि सत्ताको नेतृत्व गर्ने ठाउँमा पुग्छौ ।’

कार्यक्रममा राप्रपाका वरिष्ठ नेता दीपक बोहोराले राष्ट्रवादी शक्ति मिल्नुको विकल्प नभएको बताए । त्यस्तै पार्टीका उपाध्यक्ष प्रेमबहादुर भण्डारीले सरकार सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाए । त्यस्तै महामन्त्री डा. धवलशमशेर राणाले राष्ट्रवादी शक्तिहरू मिल्नुको विकल्प नभएको बताए । राप्रपा प्रदेश अध्यक्ष प्रदीप उदयले संगठन विस्तारमा लागेर आउने निर्वाचनमा पार्टीलाई भारी बहुमतका साथ विजयी गराउने गरी लाग्न कार्यकताहरूलाई आग्रह गरे । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x