आइएमई लाइफ इन्स्योरेन्स र गरिमा विकास बैंकबीच सम्झौता

जेठ २२, २०७६

काठमाडौं- आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेड र गरिमा विकास बैंक लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

उक्त बैंकास्योरेन्स सम्झौता माइन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र गरिमा विकास बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले हस्ताक्षर गरेका छन् ।


ADVERTISEMENT

सो बैंकास्योरेन्स सम्झौतापश्चात् सर्वसाधारण तथा बैंकका ग्राहकहरूले गरिमा विकास बैंक लिमिटेडको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रूपमा आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा गराउनका साथै जीवन बीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन् ।

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ७४ शाखाहरूमार्फत सेवा प्रदान गर्दै आइरहेको छ भने विभिन्न १० वटा योजनाहरू बजारमा ल्याएको छ । कम्पनीले सरल सावधिक, बालशिक्षा, आजीवन, नगद फिर्ता, साढे तीन गुणा रक्षावरण तथा आजीवन लगायतकाबीमा योजनाहरू ल्याएको छ । 

जेठ २२, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार