विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाले भारतलाई दियो २ सय २८ रनको चुनौती

जेठ २२, २०७६

काठमाडौँ -दक्षिण अफ्रिकाले भारतलाई २ सय २८ रनको चुनौती दिएको छ । दक्षिण अफ्रिकाले ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय २७ रन बनाएको थियो । बेलायतको साउथह्याम्प्टनमा जारी विश्वकपमा टस जित्दै पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले भारतलाई २ सय २८ रनको चुनौती दिएको हो ।

दक्षिण अफ्रिकाको निरन्तर ओरालो लागिरहेको ब्याटिङलाई आठौँ नम्बरमा रहेका क्रिस मारिसले धानेका थिए । उनले आक्रामक ब्याटिङ गरे र आठौँ विकेटका लागि ६६ रनको साझेदारी गरे । यही साझेदारीका कारणले दक्षिण अफ्रिकाले ठूलो अंक जोड्न सफल भयो ।


ADVERTISEMENT

अफ्रिकी टिमको क्याप्टेन फाफ डु प्लेसीले २८ रङ बनाए भने फेलुकवायोले ३४ र दुसानले २२ रन बनाएर आउट भएका थिए । भारतको तर्फबाट युजबेन्द्र चहलले सबभन्दा उत्कृष्ट बलिङ गरेका थिए । उनले १० ओभरमा ५१ रन दिएर ४ विकेट लिएका थिए ।

भारतले जवाफी ब्याटिङ गरिरहेको छ ।

जेठ २२, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस