×

NMB BANK
NIC ASIA

विश्वकप क्रिकेट :अस्ट्रेलिया र वेस्ट इन्डीज उत्तिकै सशक्त, रोमाञ्चक भिडन्त अपेक्षित

जेठ २३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – विश्वकप क्रिकेटमा बिहीवार अस्ट्रेलिया र वेस्ट इन्डीज ट्रेन्ट ब्रिजमा भिड्दैछन् । 

Sagarmatha Cement
Muktinath Bank

वेस्ट इन्डीजले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ध्वस्त पारेको थियो भने अभ्यास खेलमा न्युजील्यान्डलाई धूलो चटाएको थियो । त्यसैले उसको मनोबल उच्च छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसो त अस्ट्रेलियाले ब्रिस्टोलमा अफगानिस्तानलाई हराएर प्रतियोगितको शुरूआत शानदार रूपमा गरेको छ । अनि अभ्यास खेलमा अस्ट्रेलियाले वेस्ट इन्डीजलाई हराइसकेको पनि छ । र विश्वकपअघिको त्रिपक्षीय एकदिवसीय शृंखलामा बंगलादेशले वेस्ट इन्डीजलाई हराएको थियो । 


Advertisment
Nabil box
Kumari

अस्ट्रेलियाका प्रशिक्षक जस्टिन ल्यांगरले आन्द्रे रसेल र क्रिस गेल भएकाले वेस्ट इन्डीज खतरनाक टोली भएको स्वीकार गरेका छन् । उसविरुद्ध खेल्नु निकै रोमाञ्चक हुने ल्यांगरको भनाइ छ । 

Vianet communication
Laxmi Bank

जेसन होल्डरको कप्तानीमा वेस्ट इन्डीजले आक्रामक खेल खेलिरहेको छ । अस्ट्रेलियाले भने टाइट खेल खेल्ने मनस्थिति बनाएको देखिन्छ । बलिङ र फील्डिङमा दबाब दिने अनि लामो समयसम्म टिकेर ब्याटिङ गर्ने रणनीति उसले बनाएको छ । अनि वेस्ट इन्डीजका ब्याट्स्म्यानविरुद्ध शर्ट बल फ्याँक्न सक्छ अस्ट्रेलियाले । आखिर वेस्ट इन्डीज आफैंले शर्ट बल हानेर पाकिस्तानलाई सानो स्कोरमा समेटेको थियो । 

ट्रेन्ट ब्रिजको पिच सुक्खा छ र त्यसले क्रस सीम बल फाल्न बलरहरूलाई उत्प्रेरित गर्नेछ ।

अस्ट्रेलियाका बलर मिचेल स्टार्क र वेस्ट इन्डीजका आन्द्रे रसेलको बलिङ हेर्नलायक हुनेछ ।

अस्ट्रेलियाले अफगानिस्तानविरुद्ध उतारेको टीमलाई नै आज खेलाउने सम्भावना छ । 

ट्रेन्ट ब्रिजमा उच्च स्कोर बनिरहेको हुन्छ र पाकिस्तानले इंग्ल्यान्डलाई जित्दा उच्च स्कोर नै बनेको थियो । आजको खेलमा पनि उच्च स्कोर बन्ने सम्भावना छ । 

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x