गुण्डा नाइके 'राधे' मलेखुबाट पक्राउ

फाइल फोटो
जेठ २३, २०७६

धादिङ- गुण्डा नाइके राधे भन्ने राधाकृष्ण भण्डारी हतियारसहित पक्राउ परेका छन् ।

उनी बुधवार साँझ धादिङको गजुरी गाउँपालिका–२ मलेखुबाट पक्राउ परेका हुन् । 


ADVERTISEMENT

प्रहरीका अनुसार राधेले ताल्तीतर्फ जाने बाटोमा स्थानीयवासीलाई हतियार देखाउँदै धम्क्याएको सूचना पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउको क्रममा उनले प्रहरीमाथि पनि आक्रमणको प्रयास गरेका थिए । आक्रमणबाट प्रहरीको गाडीमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।

जेठ २३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार