विश्वकप खेल्न चाहन्थे एबी डी विलियर्स, बोर्डले रोक्यो

जेठ २३, २०७६

एजेन्सी- इंग्ल्याण्डमा जारी विश्वकपमा दक्षिण अफ्रिकाले खराब प्रदर्शन गरिरहेको छ । उसले हालसम्म खेलेको तीनै खेल गुमायो । 

एक समय यस्तो थियो, जतिबेला दक्षिण अफ्रिकालाई विश्वकपको प्रमुख दाबेदारको रूपमा हेरिन्थ्यो । अहिले टीममा अनुभवी खेलाडीको कमी हुँदा दक्षिण अफ्रिकाले नमीठो हार बेहोरेको क्रिकेट पण्डितहरूले बताएका छन् । 


ADVERTISEMENT

एबी डी विलियर्सले आफूले यस विश्वकपमा खेल्न चाहेको खुलासा गरेका छन् । सन्यास लिएपछि पनि उनी टीममा जोडिन चाहन्थे तर व्यवस्थापनले रोक्यो । उनका अनुसार उनको प्रस्तावले टीम व्यवस्थापनले रोकिदियो । 

ईएसपीएन क्रिकइन्फोको एक रिपोर्टमा भनिएको छ, 'एबी डी विलियर्सले मे महिनामा दक्षिण अफ्रिका क्रिकेट बोर्डसामु आफूले विश्वकप खेल्न चाहेको प्रस्ताव राखेका थिए । डी विलियर्सले यो प्रस्ताव दक्षिण अफ्रिकी बोर्डलाई १५ सदस्यीय विश्वकप टीम घोषणा हुनुभन्दा ठीक एक दिनअघि राखेका थिए ।'

गतवर्ष उनले अन्तर्राष्ट्रिय क्रिकेटका सबै फर्म्याटबाट अचानक सन्यास लिएका थिए । उनलाई सन्यासबाट फिर्ता बोलाउँदा अरू कुराहरूमा असर  पर्छ भनेर उनको प्रस्तावलाई बोर्डले खारेज गरेको बताइन्छ । 

जेठ २३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस