×

NMB BANK
NIC ASIA

गोविन्दराजको जोशीको मुद्दामा अख्तियारका सचिवलाई कारबाही

जेठ २४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– सर्वोच्च अदालतले भ्रष्टाचारको मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतलाई सहयोग नगरेको भन्दै आवश्यक फाइल उपलब्ध नगराए आयोगका सचिवसहितका कर्मचारीलाई कारवाही गर्ने आदेश जारी गरेको छ ।

Muktinath Bank

       न्यायाधीश ईश्वरप्रसाद खतिवडा र सपना मल्लको संयुक्त इजलासले पूर्वमन्त्री गोविन्दराज जोशीको भ्रष्टाचारको मुद्दामा अदालतले मागेको फाइल आयोगले नपठाउँदा न्याय सम्पादनमा अनावश्यक हैरानी भएको उल्लेख गर्दै सो आदेश जारी गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

      आदेशमा भनिएको छ, “२०७० साल भदौदेखि पटक पटक अभिलेख कागजात उपलब्ध गराउने आदेश गर्दा अहिले करीब पाँचवर्षसम्म बितिसक्दा आदेशअनुसार आवश्यक अभिलेख कागजात उपलब्ध नगराउनु आपत्तिजनक देखिन्छ ।” 
समयमै फाइल नआउँदा न्यायिक प्रक्रियामा अवरोध पैदा भई मुद्दाको पक्षलाई अनावश्यक हैरानी भएको उल्लेख गरिएको छ ।  आदेशमा भनिएको छ, “न्याय सम्पादन प्रक्रियामा सहयोग नगरी अवरोध पैदा गरेको र पक्षलाई अनावश्यक हैरानी पुगेको हुँदा आयोगका सचिव र सम्बन्धित अन्य अधिकृत एवम् कर्मचारीहरुसमेतलाई न्याय प्रशासन ऐन,२०७३ को दफा १७ अनुसार कारबाही र सजाय किन गर्नु नपर्ने हो ?”


Advertisment
Nabil box
Kumari

       आदेशमा सो भ्रष्टाचारको मुद्दाको उचित कारण खुलाई १५ दिनभित्र २०६० वैशाख २५ को निर्णयसहितको सक्कलै मिसिल, फाइल तथा सम्बन्धित रजिष्ट्ररसमेत लिई आयोगका सचिव स्वयंलाई अदालतमा लिखित जवाफसहित उपस्थिति हुन भनिएको छ ।

Vianet communication
Laxmi Bank

       गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा जोशीसहित ताराराज पाण्डे, दिनेशराज जोशी, वासुदेव पन्तलगायतको मुद्दामा आयोगले फाइल नपठाएकामा अदालतले सो आदेश जारी गरेको हो । 

       सो मुद्दा सर्वोच्च अदालतमा २०६९ फागुन ८ गने दर्ता भएको थियो । विशेष अदालतले २०६९ साउन १० मा जोशीलाई भ्रष्टाचारी ठहर गरेको थियो । बिगो र जरिवाना गरी रु चार करोड ३२ लाखसहित अदालतले डेढ वर्ष कैद सजायको फैसला सुनाएको थियो ।

       आयोगले जोशीमाथि रु तीन करोड ९३ लाख ६२ हजार भ्रष्टाचार गरेको दावीसहित  २०६२ सालमा विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । जोशीमाथि मन्त्री हुँदा अकूत सम्पत्ति आर्जन गरेको र सो सम्पत्तिको स्रोत नखुलेको अभियोग लागेको थियो । ¬¬
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x