‘गलबन्दी’ गीत ल्याएका प्रकाशलाई आईजीपीको फोन

जेठ २६, २०७६

काठमाडौं - पछिल्लो समय संगीत क्षेत्रमा गायक प्रकाश सपुतको ‘गलबन्दी’ गीतको चर्चा छ । गीतले हालसम्म युटयु्वमा ८० लाखभन्दा बढी भ्यूज पाएको छ । गीतको मौलिकता र प्रस्तुतीको चौतर्फी प्रसंशा भईरहेको छ । 

उनै गायक प्रकाशलाई आईजीपी सर्वेन्द्र खनालले फोन गरेर राम्रो र मौलिक गीत प्रस्तुत गरेको भन्दै बधाई तथा आगामी यात्राका लागि शुभकामना दिएका छन् । प्रकाशले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै यो कुराको जानकारी दिएका छन् । 


ADVERTISEMENT

प्रकाशले लेखेका छन् ‘म जहाँ पुगेको छु, त्यहाँ केवल ‘गलबन्दी’को सफलताको चर्चा मात्र भएको छैन् । लोकसंगीत र मौलिकताको सवाल समेत दह्रो गरि उठेको छ ।’

उनले यसअघि लोकदोहोरी गीतका नियमित स्रोता–दर्शक बाहेकको पनि लोकदोहोरी गीतप्रति आकर्षण बढेको दाबी गर्छन् । उनले अगाडी लेखेका छन् ‘हिजो मात्रै यसअघि व्यक्तिगत चिनजान नभएपनि आईजीपी सर्वेन्द्र खनाल ज्यू ले प्रत्यक्ष फोन नै गरेर राम्रो र मौलिक गीत पस्कनुभएकोमा धन्यवाद दिँदै यसलाई निरन्तरता दिन आग्रह गर्नुभएको थियो ।’

प्रकाशले अन्नत नेपालीलाई नेपालीपन नै मनपर्ने भएकाले आगामी दिनमा यस किसिमका सिर्जनालाई निरन्तरता दिने बताए । 
प्रकाशको स्टाटस् :
 

जेठ २६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस