दक्षिण अफ्रिकाले लगातार तीन खेल हारेपछि एबी डिविलियर्सले के भने ?

जेठ २५, २०७६

एजेन्सी- एबी डिविलियर्स यतिबेला चर्चामा छन् । उनले आफूले विश्वकप खेल्न चाहेको तर चयन समितिले आफ्नो प्रस्ताव रोकेको खबर केही दिनअघि मात्रै बाहिर आयो । 

चयनकर्ता लिंडा जोन्डीले उनलाई विश्वकपको टीममा नपारेकोबारे अभिव्यक्ति दिइसकेका छन् ।


ADVERTISEMENT

यसैबीच उनले विश्वकपमा आफूहरूको ध्यान दक्षिण अफ्रिकालाई समर्थन गर्ने तर्फ जानुपर्ने बताउँदै ट्वीट लेखेका छन्, 'हामीले शुरूआती तीन वटा खेल गुमायौं । टीमले अझै लामो यात्रा गर्न बाँकी छ ।' 

उनले थपेका छन्, 'मलाई विश्वास छ, केटाहरूले केही गर्छन् ।'

दक्षिण अफ्रिकाले अहिलेसम्म इंग्ल्याण्ड, बंगलादेश र भारतसँग पराजय भोगिसकेको छ । हालसम्म दक्षिण अफ्रिकाले एक पटक पनि विश्वकप जितेको छैन । 

जेठ २५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस