×

NMB BANK
NIC ASIA

प्रधानमन्त्री कपको उपाधि पुलिस क्लबलाई

जेठ २५, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

काठमाडौं- विभागीय टोली नेपाल पुलिस क्लबले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै तेस्रो संस्करणको प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि हासिल गरेको छ । 

Muktinath Bank

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनलमा मञ्जित श्रेष्ठको नेतृत्वमा रहेको पुलिसले विनोद भण्डारीले कप्तानी गरेको आर्मीलाई चार विकेटले पराजित गर्दै प्रधानमन्त्री कपमा पहिलो पटक उपाधि हासिल गर्न सफल भयो । उपाधिसहित पुलिसले २० लाख रुपैयाँ प्राप्त गरेको छ ।     


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि दुई विभागीय टोली पुलिस र आर्मी उक्त प्रतियोगिताको पहिलो संस्करणमा संयुक्त विजेता बनेको थिए । वर्षाका कारण फाइनल खेल रद्द भएपछि दुवैले ट्रफी बाडेका थिए ।


Advertisment
Nabil box
Kumari

त्यस्तै दोस्रो संस्करणको उक्त प्रतियोगितामा पुलिस सेमिफाइनलमा पराजित भएको थियो भने आर्मी फाइनलमा अर्कोे विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबसँग पराजित भएको थियो ।

Vianet communication
Laxmi Bank

प्रतियोगिताको तीनै संस्करणसम्मको खेलमा फाइनल पुगेको आर्मी उपाधिविहीन बन्यो । हारसँगै उपविजेतामा चित्त बुझाएको आर्मीले दश लाख रुपैयाँ पायो । टस जितेर पहिले ब्याटिङ थालेको आर्मीले पुलिसलाई १२६ रनको सामान्य लक्ष्य दिएको थियो । सो विजय लक्ष्य बोकेर मैदानमा उत्रेको पुलिसले ४०.३ ओभरमा छ विकेट गुमाएर भेट्टायो ।

पुलिसको जीतमा अमित श्रेष्ठले ४० बल खेल्दै दुई छक्का र छ चौकाको  मद्दतले सर्वाधिक ४४ रन बनाए । त्यसैगरी सुनिल धमालाले अविजित ४२ रन जोड्दा कप्तान मञ्जितले अविजित ११ रन जोडे । बलिङतर्फ आर्मीका करण केसीले व्यक्तिगत तीन विकेट लिए । त्यस्तै शाहव आलमले दुई विकेट लिँदा सुसन भारीले एक विकेट हात पारे ।  

त्यसअघि पहिले ब्याटिङ गरेको आर्मीको शुरुआत उत्कृष्ट भए पनि त्यसलाई निरन्तरता दिन नसकेपछि हार बेहार्न बाध्य बन्यो । आर्मी ३३.३ ओभरमा सबै विकेट गुमाउँदै १२५ रनमा समेटियो । शुरूआती ब्याट्सम्यान सोमपाल कामी र राजु रिजालले पहिलो विकेटका लागि १५.५ ओभरमा ७२ रनको साझेदारी गर्दै ठूलो योगफलको सम्भावना देखाएका थिए । तर ललित नारायण राजवंशीले सोमपाललाई पवन सरार्फबाट क्याच आउट गर्दै ३५ रनमा पेभिलिएन फर्काएपछि आर्मीको खेलको स्तर खस्किएको थियो ।

सोमपालले ४० बल खेल्दै दुई छक्का र तीन चौकाको मद्दतमा ३५ रन बनाएका थिए । त्यस्तै राजु रिजालले ३२, भीम सार्कीले २० तथा रोहित पौडेलले १८ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् । मध्यक्रमका कुनै पनि ब्याट्सम्यानले जिम्मेवार भएर नखेल्दा आर्मी सस्तैमा समेटिन पुगेको थियो । आर्मीलाई सस्तैमा समेट्ने क्रममा पुलिसका ललित राजवंशी र पवन शर्राफले समान चार/चार विकेट लिए भने सागर ढकालले एक विकेट हात पारे । 
     
समूह चरणको खेलमा पनि पुलिसले आर्मीलाई ५० रनले पराजित गरेको थियो । त्यस्तै यस संस्करणको प्रतियोगितामा पुलिस र आर्मी एउटै समूहबाट फाइनलमा पुगेका थिए । समूह बी मा रहेको पुलिस समूह चरणमा अपराजित रहँदै सेमिफाइनल पुगेको थियो । पुलिसले सेमिफाइनलमा साविक विजेता एपीएफलाई पाँच विकेटले पराजित गर्दै फाइनलको यात्र तय गरेको थियो । उता समूह चरणमा पुलिससँग मात्र हार बेहोरेको आर्मीले सेमिफाइनलमा प्रदेश नं ३ लाई ११७ रनले पराजित गरेको थियो ।

राष्ट्रिय खेलकूद परिषद् (राखेप) को आयोजना तथा नेपालय इन्टरनेशनल प्रालिको सहकार्यमा भएको उक्त प्रतियोगिता यही जेठ १० गतेदेखि शुरू भएको थियो । प्रतियोगितामा तीन विभागीय टोली र सात प्रदेश गरी १० टोलीको सहभागिता थियो । समूह 'ए'मा एपीएफ, प्रदेश ५, प्रदेश ३, सुदूरपश्चिम र गण्डकी थिए भने  समूह 'बी'मा त्रिभुवन आर्मी, नेपाल पुलिस, प्रदेश २, प्रदेश १ र कर्णाली प्रदेश सहभागी थिए । -मुना कार्की/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x