×

NMB BANK
NIC ASIA

बुटवल- सिद्धार्थनगर नगरपालिकाले वडा नं. ५ मा साढे ९ करोड लागतमा कृषि बजार सञ्चालनका लागि अत्याधुनिक बहुउद्देश्यीय सामुदायिक भवन बनाउने भएको छ ।

Muktinath Bank

छरिएर रहेको तरकारी बजारलाई व्यवस्थित गरी एकै ठाउँमा राख्ने र खुद्रा व्यवसायीलाई प्रोत्साहन गर्ने उद्देश्यले कृषि बजार भवन बनाउन लागिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भवनको शनिवार एक समारोहबीच प्रतिनिधिसभा सदस्य घनश्याम भुसालले शिलान्यास गरे । कुल ९ करोड ५८ लाख ५२ हजार रुपैयाँ लागतमा बन्ने भवन बहुउद्देश्यीय हुनेछ । 


Advertisment
Nabil box
Kumari

२५ महिना अर्थात् ३० जुन २०२१ मा सक्ने गरी भवनको नगरपालिकाले काठमाडौंको स्काई/रामसागर जेभीसँग ठेक्का सम्झौता गरेको प्रमुख प्रशासकीय प्रमुख ख्यामबहादुर थापाले बताए । 

Vianet communication
Laxmi Bank

प्रदेश पाँच सरकार र तराई-मधेश समृद्धि कार्यक्रमको १–१ करोड सहयोग तथा बाँकी नगरपालिकाको आन्तरिक स्रोतबाट भवन बनाउन लागिएको हो । ७ हजार १४५ वर्गफीटमा बन्ने ४ तल्लाको भवनमा कृषिसँगै अन्य घरायसी सामान र फिल्म हल समेत बनाइने छ । पहिलो तल्लामा कृषि बजार र खाद्यान्न सामाग्राी, दोस्रोमा फेन्सी तथा कस्मेटिक पसल, तेस्रोमा इलेक्ट्रिकल्स सामान र चौथोमा कन्फ्रेन्स हल, फिल्म हल बन्ने नगर प्रमुख हरिप्रसाद अधिकारी जानकारी दिए । भवनमा लिफ्ट समेत जडान गरिने उनले बताए ।

विगत लामो समयदेखि यहाँ हप्तामा दुईपटक कृषि हाट बजार सञ्चालित हुँदै आएको थियो । साँघुरो ठाउँमा पनि धेरै खुद्रा व्यापारीले तरकारी लगायत उपभोग्य सामान बिक्री गर्दै आएका थिए । यसलाई व्यवस्थित गर्न नगरपालिकाले बहुउद्देश्यीय भवन बनाउन लागेको हो । यसले छरिएर रहेका व्यवसायीलाई एकै ठाउँमा ल्याउन मद्दत त गर्ने छ नै व्यवसायीले जथाभावी फ्याँक्दै आएको फोहोर व्यवस्थापनमा समेत सहयोग पुग्ने विश्वास लिइएको छ । यसका साथै उपभोक्तालाई एकै ठाउँमा धेरै वस्तु खरिद गर्न सहज हुने नगर प्रमुख अधिकारीले जनाए ।

शिलान्यास समारोहमा सांसद घनश्याम भुसालले लुम्बिनी संसारकै सबैभन्दा बढी सम्भावना भएको ठाउँ भएको बताए । उनले लुम्बिनीलाई व्यवस्थित र योजनाबद्ध ढंगले अगाडि बढाएमा राज्यले धेरै फाइदा लिन सक्ने पनि बताए । उनले समथर फाँटमा रहेको लुम्बिनी क्षेत्र अनि केही मिनेटमै पुग्न सकिने पाल्पाको डाँडाहरूमा जब गोरखपुरदेखि मान्छेहरू साँझ बास बस्न आउँछन्, तब यहाँको पर्यटन बजार फस्टाउने बताए ।

भुसालले कृषि बजार भवन बनेपछि यहाँ किसानको उत्पादन सिधै बजार ल्याउन सहज हुने र उपभोक्तालाई एकै ठाउँमा खरीद गर्न सहज हुने बताए । नेकपा नेता समेत रहेका भुसालल क्षेत्रको एकीकृत विकासमा आफू लागिपरेको जनाए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x