×

NMB BANK
NIC ASIA

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली सरकारले सोचेअनुसार काम गर्न नसकेको बताएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

शनिवार कर्णाली प्रदेशसभामा सरकारकाले प्रस्तुत गरेको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक नीति तथा कार्यक्रममा प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री शाहीले अपेक्षाकृत काम गर्न नसकेको स्वीकार गरेका हुन् । ‘अनुभवजन्य, कानूनी र संरचनागत समस्याका कारण प्रदेश सरकारले सोचेअनुरूप काम गर्न सकेन,’ मुख्यमन्त्री शाहीले भने, ‘केही समस्या अहिले पनि यथावतै छन्, केही आधार निर्माण गरेका छौं । कर्मचारीको अभाव आगामी वर्ष पनि हामीले झेल्नुपर्नेछ । प्रदेश लोकसेवाले तत्काल कर्मचारी व्यवस्थापन गर्न सक्ने अवस्था छैन ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुख्यमन्त्री शाहीले कर्णालकिो समृद्धिकालागि पूर्वाधारको विकास नै सरकारको पहिलो प्राथमिकतामा रहेको बताए । ‘कर्णालीको समृद्धिका लागि सबैभन्दा पहिले पूर्वाधार निर्माण आवश्यक छ,’ उनले भने, ‘त्यसकालागि प्रेदेश सरकारले आवश्यक नीति तथा कार्यक्रम ल्याएको छ ।’ 


Advertisment
Nabil box
Kumari

भेरी-बबई डाइर्भसन आयोजनाका सम्बन्धमा मुख्यमन्त्री शाहीले सङ्घीय सरकारसँग लडाईँ जारी रहेको बताए । ‘उर्जा मन्त्रालयले शुरूमा १० प्रतिशत शेयर छुट्याएकोमा पछिल्ला छलफलबाट कर्णाली सरकार र जनतालाई ३० प्रतिशत शेयर दिने मोटामोटी सहमति भएको छ,’ उनले भने, ‘अझैं सहमति हुन बाँकी छ, पानी प्रदेश ५ लाई र बिजुली कर्णालीलाई दिन सङ्घीय सरकारलाई दबाब दिइरहेका छौं ।’

Vianet communication
Laxmi Bank

कर्णाली प्रदेशसभाको शनिवारको बैठकले सरकारद्वारा प्रस्तुत आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । 

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभासमक्ष राखेको प्रस्तावमाथि ध्वनी मतका आधारमा बहुमत सदस्यहरूले समर्थन जनाएपछि नीति तथा कार्यक्रम पारित भएको हो । प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले विपक्षमा मतदान गरेका थिए । ४० सदस्यीय प्रदेशसभामा कांग्रेसका ६ सांसद छन् भने एक जना राप्रपाका छन् ।

सरकारको आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम बुधjfर प्रदेश प्रमुख दुर्गाकेशर खनालले प्रदेशसभामा प्रस्तुत गरेका थिए । प्रदेशसभाको आगामी बैठक असार १ गते दिउँसो ३ बजे बस्नेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x