‘खुल्लम खुल्ला प्यार’मा सविन र अनु

जेठ २६, २०७६

काठमाडौं - नेपाली चलचित्र क्षेत्रका कलाकार भरसक आफ्नो प्रेम लुकाउन चाहान्छन । केही कलाकार मात्र खुला रुपमा प्रेम गर्छन् । अभिनेता संजोग कोइराला र अभिनेत्री वर्षा राउतको प्रेम खुला थियो । अहिले यी दुई वैवाहिक बन्धनमा बाँधिसकेका छन् । 

अहिले प्रियंका कार्की र आयुष्मान देशराज जोशी, सविन श्रेष्ठ र अनु शाहको प्रेम चलचित्र वृत्तमा दुनियालाई थाहा छ । त्यसैले त यी जोडी एक अर्कासंगका तस्वीरहरु सामाजिक सञ्जालमा पोष्ट गर्नुका साथै सार्वजनिक कार्यक्रममा समेत संगै देखिन्छन्, पोज–पोजमा तस्वीर खिचाउँछन् । 


ADVERTISEMENT

शनिबार त्यस्तै भयो । नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा अभिनेता सविन र अभिनेत्री अनु संगै देखिए । 

उनिहरु संगै मात्र देखिएनन्, मिडियाको क्यामेरासामु पोज–पोजमा तस्वीरहरु समेत खिचाए । हिजोआज यी दुईको चर्चा चलचित्रमा खासै छैन् । तर, प्रेम प्रशंगमा भने सविन र अनु बेलाबेलामा चर्चामा आईरहन्छन । यो जोडीले गुपचाप बिहे गरेको हल्ला चलचित्र वृत्तमा छाएको छ । तर बिहेको आधिकारिक घोषणा भने उनिहरुले गरेका छैनन । बरु यसै वर्ष परम्परागत रुपमा बिहे गर्ने चर्चा चलचित्र वृत्तमा छ ।

जेठ २६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस