फागुन १, २०८०
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
देखें, गोरीले सत्ताकै आडमा आफ्नो गुरुको घोर अपमान गरी । सुनें, बूढा नेता रवीन्द्रनाथ शर्मालाई अल्लारे कम्युनिस्टहरूले बेस्सरी गोरु चुटेजस्तो चुटे अरे । समाचार पढें, मेयरले दलित महिलालाई बोक्सीको बात लगाएछन् ।
प्रतिपक्ष चिच्याएका छन्, गाउँमा सिंह पुग्यो, दरबार पुगेन । करोडौंको बजेटको दुरूपयोग छर्लङ्ग देखिन्छ । तेल, खेल, पानी, खानी, शिक्षा, स्वास्थ्य, सुरक्षा, जहाँ–जहाँ मेरा नेता कमरेडहरू पुुगेका छन्, चोखा भेटिन गाह्रो छ । ती बिटुलो मात्रै भएका छैनन्, डुङ्डुङ्ती गन्हाएका छन् । यस्तै दुर्गन्धेहरूले ज्ञानेन्द्र शाहीलाई सुपरस्टार बनाइदिए । ज्ञानेन्द्र शाही जिन्दावाद ! को नारा उर्लियो । जुलुसमा प्रसस्तै मान्छेहरू बटुलिए ।
न्यायप्रियता मान्छेको स्वभाव हो, ज्ञानेन्द्र शाहीमाथि अन्याय भएकै हो भन्ने आम बुझाइ छ । विरोधको स्वर सुन्नै नचाहने मण्डलेहरूले ज्ञानेन्द्र शाहीमाथि अत्याचार गरेकै हुन् । सत्ताको आडमा गुण्डागर्दी गर्नेहरू सबै मण्डले हुन् । सरकारी पत्रकारहरू मण्डले जस्तै देखिए ।
नेकपाका अध्यक्षद्वयको झगडाले पार्टीमा डँडेलो सल्किँदै छ । एकता ए कता हो ? जस्तो हुँदैछ । नेताका पाँच बुँदे सहमतिको अनेक अर्थ झिकिँदैछ । ईश्वर पोखरेल त्यहाँ आलोपालाको अर्थ देख्दैनन् । दुई अलग–अलग पार्टी हुँदाको अवस्थाको सहमति पार्टी एउटै हुँदा व्यर्थ भएको उनको तर्क छ । उखानले भन्छ, कुलो र कुरो जता पनि जान्छ । यसैले नेताहरू तुरुन्त–तुरुन्त भाका फेर्छन् । केवल वैयक्तिक स्वार्थ हेर्छन् ।
सहमतिलाई समयमै पार्टीको सम्पत्ति बनाउन खोजिएको भए अहिले यो कचिंगल पक्कै उठ्ने थिएन । उबेला दुई जना मात्रै मिलेर पार्टी चलाउन खोजेकै हुन् । आत्मघाती बाटो रोजेकै हुन् । जे रोप्यो त्यही फल्छ, यसैले दुईतिहाइ बहुमतको सरकार ढल्छ–ढल्छ झैँ हल्लिँदै छ । प्रतिपक्षीहरू उफ्रिएकै छन् ।
झलनाथ खनाल काँग्रेस भेटिएन भन्थे, अहिले भेट्दै होलान् । माधव नेपाल चोक्टा खान खोज्दैछन्, झोलमा डुब्ने खतरा बढेको छ । ईश्वर पोखरेलको कचकच र प्रचण्डको तर्कलाई प्रधानमन्त्री ओलीले एउटै डालोमा हालेका छन् ।
इतिहासमा कांग्रेस पटक–पटक यस्तै गल्ती दोहोर्याउथ्यो । गणेशमानले आफ्ना भतिज दुर्गेसमानलाई राजदूत बनाइदिन गिरिजासँग आग्रह गरे, गिरिजाले टेरेनन् । भारतेली राजदूतले गिरिजालाई सम्झाइदिए । यहीँदेखि नेपाली काँग्रेसको हाल बेहाल हुँदै गयो । अहिले पनि शेरबहादुर देउवा भारतका परराष्ट्रमन्त्री जयशंकरलाई बधाई दिन साह्रै हतारिए ।
कूटनीतिक मर्यादाको ख्याल गरेनन् । कांग्रेसमा राजावादी बहुमत ह्वात्त बढ्यो । अस्ति २०७६ जेठ १८ गते नरहरि आचार्य पोखरा आएका थिए । उनले ‘गणतन्त्रको यात्रा’ पुस्तकको चर्चा गरे । गणतन्त्रको फूल कांग्रेस पार्टीमा ओइलाइसकेको छ । शशांक कोइराला पूर्व राजाका पाउमा लुट्पुटिँदै छन् ।
बेस्सरी बलशाली छँदाको गिरिजाप्रसादको दम्भ र अहिलेका खड्गप्रसाद ओलीज्यूका घमण्ड उस्तै–उस्तै छ । खड्गप्रसाद ओली प्रचण्डलाई छेऊ लगाउन उद्यत छन् । यही बुझेर प्रचण्डले गोप्य सहमतिको पत्रलाई तुरूपका रूपमा फाले । यही मौकामा आफ्ना कमजोर पत्ती सडाएर केही नेता ‘सर’ खोज्दै छन् । पोखरामा रुद्रबहादुर थापा प्रायः मुक्तक सुनाउँछन्:
‘धेरै खाँदा अमृत पनि जर हुँदो रहेछ,
मिस्सी र बास्सालाई एक्काले अँठ्याएपछि
गुलाम पनि सर हुँदो रहेछ ।’
केपी र पीकेजस्ता मिस्सी र बास्साहरू जयशंकररूपी एक्काले अँठ्ठिए भने पूर्वराजाका गुलामहरू अवश्य सर हुन्छन् । कमल थापा पोखरामै आएर गर्जिए, ‘राजा र विप्लव दुवै अटाउने व्यवस्था चहियो ।’ स्पष्ट छ, फेरि राजा चाहियो । पढ्यौं हामीले इतिहासमा, क्रमबेलले बेलायतमा राजालाई फाँसीमा चढाए, तर ११ वर्षपछि फेरि राजतन्त्र बिउँझियो । नेपालमा पूर्वराजा ज्ञानेन्द्रले हिमानी र हृदयेन्द्रलाई अगाडि सारेर राजनीतिको सुतीखेती गरिरहेका छन् ।
जुन स्वभाविक हो । गोरीले सत्ताको आडमा गुरु नचिन्नु, केपीले पीकेलाई छिर्के हान्न खोज्नु, राष्ट्रपतिले प्रधानन्यायाधीशलाई घुँडा टेकाउनु स्वाभाविक होइन । यसैले पार्टी कार्यकर्ता र आमजनतामा निराशाको बादल मडारिएको छ । पूर्व राजाको सम्मानमा ठूल्ठूला जुलुस उर्लिएका छन् । ‘राजा आऊ, देश बचाऊ !’ का नारा घन्किएका छन् ।
ज्ञानेन्द्र शाही र ज्ञानेन्द्र शाहको पक्षमा जनमत फैलिनु नेकपा भित्रको दुर्दशा हो । कमरेडहरूको दुर्गन्धले शाही र शाहजीहरू बसाएका छन् । बिरालो सेतो होस् कि कालो होस् त्यसको काम मुसा मार्नु हो । आमकिसानले मुसो मार्ने बिरालो खोजेका छन् ।
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...