अष्ट्रेलियाविरुद्ध धवनको शतक

जेठ २६, २०७६

काठमाडौं– जारी विश्वकप क्रिकेटमा भारतीय टीमका शिखर धवनले शतक पूरा गरेका छन् ।

उनले ९५ बलको सामना गर्दै शतक पूरा गरेका हुन् ।


ADVERTISEMENT

ओपनरका रूपमा ब्याटिङमा आएका उनीनटआउट छन् । ताजा अवस्थामा ३२ ओभरको समाप्तिमा भारतको स्कोर १ सय ८७ रन पुगेको छ ।

धवनलाई साथ दिन क्रिजमा आएका कप्तान विराट कोहली २८ रनमा खेलिरहेका छन् ।

यसअघि ओपनर आएका रोहित शर्मा ७० बलमा ५७ रन बनाउँदै आउट भए ।

लण्डनको ओभल क्रिकेट स्टेडियममा अष्ट्रेलिया विरुद्ध भारतले टस जितेर ब्याटिङ गरिरहेको छ ।

जेठ २६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस