×

NMB BANK
NIC ASIA

सुर्खेत–हिल्सा सडकको सम्भाव्यता अध्ययन सकियो, कर्णालीको समृद्धिका लागि कोसेढुंगा बन्ने सरकारको अपेक्षा

जेठ २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत- कर्णाली प्रदेश सरकारको सर्वाधिक महत्त्वाकांक्षी योजना सुर्खेत–हिल्सा लोकमार्गको सम्भाव्यता अध्ययन सकिएको छ । चाइना रेल्वे इन्जिनियरीङ कम्पनीले आफ्नै लागतमा सुर्खेत–हिल्सा सडकको सम्भाव्यता अध्ययन पूरा गरी प्रदेश र संघ सरकारलाई प्रतिवेदन बुझाएको छ ।

Muktinath Bank

मुख्यमन्त्री महेन्द्रबहादुर शाही र आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाको चीन भ्रमणका बेला चाइना रेल्वे इन्जिनियरिङ कम्पनीसँग एमओयू गरिएको थियो । एमओयूपछि चिनियाँ कम्पनीले हवाई र स्थलगत सम्भाव्यता  अध्ययन (फिजिविलिटी स्टडी) गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अध्ययनपछि कर्णाली प्रदेश सरकार र संघ सरकारलाई प्रतिवेदन बुझाएको छ । त्रिदेशीय महत्वको सुर्खेत-हिल्सा सडक ४ सय ३ किलो मिटर रहने प्रतिवेदनमा उल्लेख गरिएको छ । आधा दर्जनभन्दा बढी स्थानमा पुल निर्माण गर्नुपर्ने, सडक दुई लाइनको बनाउनुपर्ने जस्ता विषय प्रतिवेदनमा उल्लेख गरिएको आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बताए ।


Advertisment
Nabil box
Kumari

कर्णाली सरकारसँग एमओयू गरेपछि चिनियाँ कम्पनीले एक महिना सम्भाव्यता अध्ययन गरेको थियो । २० जना इन्जिनियरको टोलीले अध्ययन सकेर प्फ्रातिवेदन बुझाएका छन् ।

Vianet communication
Laxmi Bank

‘सुर्खेत हिल्सा सडक नेपालका लागि मात्र नभई छिमेकी देश भारत र चीनका लागि पनि निकै उपयोगी सडक बन्नेछ । मानसरोवर र कैलाश पुग्ने तिर्थयात्री तथा पर्यटकका लागि निकै उपयोगी हुनेछ,'  मन्त्री ज्वालाले भने, ‘भारतबाट वर्षेनी लाखौको संख्यामा मानसरोवर पुग्नेछन् र यसले कर्णालीको समृद्धिमा ठूलो योगदान दिनेछ ।’

कर्णाली करिडोरको निर्माण कार्य सम्पन्न भएपछि सुर्खेतबाट हिल्सा ९ देखि १० घण्टाको हुनेछ । सडकको अवस्था राम्रो बनाउन सके भारतीय र अन्य तेस्रो मुलुकका पर्यटकहरू यही मार्ग भएर मानसरोवर कैलाश पुग्ने मन्त्री ज्वालाको भनाई छ ।

‘संघीय सरकारले पनि यो मार्गका लागि बजेटको व्यवस्था गरेको छ,' मन्त्री ज्वालाले भने, ‘यो सडक निर्माण सम्पन्न गर्नसके कर्णालीको मुहार नै बदलिनेछ । एक नौलो इतिहासको रचना हुनेछ ।’

यद्यपी अहिले नै सबैकुरा अन्तिम अवस्थामा नपुगेको मन्त्री ज्वालाको भनाई छ । ‘अहिले कम्पनीले अध्ययन गरेर डिपीआर बनाएर दिएको मात्रै हो,' उनले भने, ‘अब सरकारले यो कार्यलाई अगाडि बढाएको खण्डमा सुर्खेत-हिल्सा सडक बन्नेछ र कर्णालीका जनताको आर्थिक स्तर उकास्न महत्वपूर्ण भूमिका खेल्नेछ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x